आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ का मुख्यमन्त्री राउतको आफ्नै पार्टीका सांसदबाट आलोचना

प्रदेश २ का मुख्यमन्त्री राउतको आफ्नै पार्टीका सांसदबाट आलोचना

प्रदेश २ मा लालबाबु नेतृत्वको सरकार परिवर्तन हुने चर्चाका बीच जनता समाजवादी पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारको कडा आलोचना भएको छ। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

जनकपुरधाम- प्रदेश २ मा लालबाबु नेतृत्वको सरकार परिवर्तन हुने चर्चाका बीच जनता समाजवादी पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारको कडा आलोचना भएको छ। 

जनता समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरुले राउत नेतृत्वको सरकार असफल साबित भइरहेको आरोप लगाए। 

जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा जनकपुरधाममा बिहीबार बसेको जसपा संसदीय दलको बैठकमा राउत नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेकाले सरकार परिवर्तनको माग गरेका छन्। 

बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म चलेको बैठकमा प्रदेश सरकारको कामको विषयमा समीक्षा भएको थियो। बैठकमा २४ जना प्रदेशसभा सदस्यहरुले आफ्नो मन्तव्य राखेका थिए। 

२४ जनामध्ये १९ प्रदेशसभा सदस्यले राउत नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने माग गरेको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले बताए। बाँकीले राउत सरकारको बचाउ गरेका थिए। 

यता जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा प्रदेश २ जसपा संसदीय दलको नेता छनोट गर्न पाँच सदस्यीय विधायन समितिसमेत गठन गरिएको छ। समितिमा प्रदेशसभा सदस्यहरु मनिष सुमन, उपेन्द्र महतो, रामआशिष यादव, परमेश्वर साह र रानी शर्मा तिवारी छन्।

विधान बनाएर केन्द्रीय समितिबाट पास भए प्रदेश २ मा जसपा संसदीय दलको नेता छनोट हुने र सरकार लगतै परिवर्तन हुने ती सांसदको भनाइ छ।

प्रकाशित: Oct 15, 2020| 14:15 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।