आइतबार, भदौ १४, २०८३

घुस लिएको आरोपमा जनकपुरधामका एक वडाध्यक्ष निलम्बित

जनकपुरधाम उपमहानगरपालिकाका एक वडा अध्यक्ष र कार्यालय सहयोगीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको छ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका एक वडा अध्यक्ष र कार्यालय सहयोगीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष शुभनारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पंजियारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। 

केही दिनअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी पंजियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको थियो। कार्यालय सहयोगी पंजियारलाई सेवाग्राहीसँग २४ हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको क्रममा वडा नम्बर १३का वडाध्यक्ष शुभनारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पंजियारको मिलोमतोमा सेवाग्राहीसँग नागरिकताको सिफारिसका लागि घुस रकमको बार्गेनिङ गरिएको अख्तियारको टोलीले प्रमाण फेला पारेको बताइएको छ।

दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले जनही २४ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारको कार्यालयले जनाएको छ।

यता विशेष अदालतमा आरोप पत्र दायर भएलगत्तै सार्वजनिक पद धारण गरेको व्यक्तिको पद स्वतः निलम्बन हुने कानूनी प्रावधान रहेको छ।

प्रकाशित: Oct 15, 2020| 13:41 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।