आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खनालको शरीरमा पानीको मात्रा बढी, केही दिनमा डिस्चार्ज गरिने

खनालको शरीरमा पानीको मात्रा बढी, केही दिनमा डिस्चार्ज गरिने

अस्वस्थ भएर अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको शरीरमा पानीको मात्रा बढी भएको पाइएको छ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं- अस्वस्थ भएर अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको शरीरमा पानीको मात्रा बढी भएको पाइएको छ।

साथै उनको दुवै फोक्सोमा पानी जमेको अस्पतालले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र यही गतिमा सुधार हुँदै गए केही दिनमा डिस्चार्ज गरिने ह्याम्स अस्पतालले जनाएको छ।

स्वास्थ्यमा केही सुधार भएपछि उनलाई आकस्मिक कक्षबाट क्याविनमा सारिएको छ। रक्तचाप बढेपछि खनाल हिजो (बुधबार) धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए।

प्रकाशित: Oct 15, 2020| 12:45 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।