आइतबार, भदौ १४, २०८३

गण्डकीमा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित थपिए

गण्डकी प्रदेशमा आज बिहीबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

पोखरा- गण्डकी प्रदेशमा आज बिहीबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज १६९ जनामा संक्रमण पुष्टि भएको छ।

आज नवलपुरमा ५८, बागलुङमा ५१, कास्कीमा ३५, तनहुँमा ११, गोरखामा ७ र लमजुङमा ३ जना संक्रमित थपिएका छन्। यसअघि सबैभन्दा धेरै १८ असोजमा १६० जना थपिएका थिए। आज थपिएका सहित प्रदेशमा कोरोना संक्रमितको संख्या ५३ सय ५६ पुगेको छ।

संक्रमितमध्ये ३४ सय ७० जना निको भएका छन् भने ४७ संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा कास्कीका १३, नवलपुर र तनहुँका ९-९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १-१ जना छन् ।

प्रकाशित: Oct 15, 2020| 12:39 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।