आइतबार, भदौ १४, २०८३

कर्णाली प्रदेशमा ७५ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिएका संक्रमितमा सुर्खेतका ३७, दैलेखका २३, जुम्लाका ३, कालिकोटका ५ तथा रुकुमपश्चिम, सल्यान, डोल्पा र जाजरकोटका १–१ जना छन्।

यस्तै कर्णाली प्रदेश बाहिरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

आज थपिएका संक्रमितसँगै उक्त प्रदेशमा हालसम्म ४ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका ५० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ३ हजार ६०५ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: Oct 15, 2020| 12:25 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।