आइतबार, भदौ १४, २०८३

उपत्यकामा मात्रै २२७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २२७ पुगेको छ। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं–  काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २२७ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म काठमाडौंमा १५१, भक्तपुरमा ३३ र ललितपुरमा ४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

यस्तै उपत्यकामा २९ हजार ४८४ जना कोरोनामुक्त भएका छन्। 

काठमाडौंमा २४ हजार १९, भक्तपुरमा दुई हजार ४८४ र ललितपुरमा दुई हजार ९८१ जना कोरोनामुक्त भएका हुन्।

उपत्यकाका कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १९ हजार ८२७ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार काठमाडौंमा १५ हजार ९०१, भक्तपुरमा एक हजार ३८६ र ललितपुरमा दुई हजार ५४० सक्रिय संक्रमित छन्।

अहिलेसम्म काठमाडौंमा ४० हजार ७१, भक्तपुरमा तीन हजार ९०३ र ललितपुरमा पाँच हजार ५६४ जना गरी ४९ हजार ५३८ जनामा कोरोना संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रकाशित: Oct 15, 2020| 12:20 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।