आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : कोरोनाबाट एकै दिन नौ जनाको मृत्यु, थप ६५४ जनामा संक्रमण

प्रदेश १ : कोरोनाबाट एकै दिन नौ जनाको मृत्यु, थप ६५४ जनामा संक्रमण

कोरोना संक्रमणबाट सुनसरीमा पाँच, मोरङ र तेह्रथुममा दुई–दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

विराटनगर- प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट नौ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट सुनसरीमा पाँच, मोरङ र तेह्रथुममा दुई–दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२१ पुगेको छ। 

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६५४ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। 

मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा नौ, उदयपुरमा चार, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङमा दुई–दुई र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ। 

मन्त्रालयका अनुसार विराटनगरमा २२५ जना संक्रमित थपिएका छन्। संक्रमण देखिएकामा १०० महिला र १२५ पुरुष छन्। मोरङको सुन्दरहरैंचामा २५, पथरी शनिश्चरेमा १५, कानेपोखरी र बूढीगंगामा १३–१३, बेलबारीमा १०, रतुवामाईमा सात, कटहरीमा ६, ग्रामथानमा चार, धनपालथान र रंगेलीमा दुई–दुई, केराबारी र उर्लाबारीमा एक–एक र स्थानीय तह नखुलेका दुई जना छन्।

सुनसरीको धरानमा १३२, इटहरीमा ४८, बराह क्षेत्रमा आठ, दुहवी र इनरुवामा चार–चार, बर्जु, रामधुनी र गढीमा तीन–तीन, हरिनगरमा दुई, कोसी गाउँपालिका र स्थानीय तह नखुलेका एक–एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

झापाको बिर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा नौ–नौ, बुद्धशान्तिमा चार, कनकाईमा तीन, मेचीनगरमा दुई, गौरादह, गौरीगन्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका एक–एक जनाको रिपोर्ट पोजेटिभ आएको छ।

संखुवासभाको खाँदबारीमा नौ, उदयपुरको चौदण्डीगढीमा चार, भोजपुरमा दुई, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका एक–एक, इलामको देउमाई र स्थानीय तह नखुलेका एक–एक, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा एक–एक र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ। 

प्रदेश १ मा विहीबार ३२६ जना कोरोनामुक्त भएका छन्। होम आइसोलेसनबाट ३०४, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कोभिड १९ अस्पताल गोठगाउँबाट नौ र मेची अस्पतालबाट एक जना डिस्चार्ज भएका हुन। हालसम्म डिस्चार्ज हुनेको संख्या पाँच हजार ३३९ पुगेको छ।

प्रदेश १ मा विहीबार एक हजार ६४६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २४१ म्हिला र ४१३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेशमा एक लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Oct 15, 2020| 12:00 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।