आइतबार, असार २८, २०८३

लगातार पाँच खेल हारेको पञ्जाब बैंगलोरसँग भिड्दै

इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत आज पौने ८ बजे शारजहा रंगशालामा ३१ औं खेल हुँदैछ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत आज पौने ८ बजे शारजहा रंगशालामा ३१ औं खेल हुँदैछ। आजको खेलमा सिजनकै कमजोर क्लब किंग्स इलेभेन पञ्जाबले तेस्रो स्थानको रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ।

लगातार पाँच खेल हारेको पञ्जाब आजको खेल हारहालतमा जित्न चाहन्छ। जारी सिजनमा यि दुई टिमबीच भएको पहिलो लेगको खेलमा पञ्जाबले बैंगलोरलाई ९७ रनले हराएको थियो।

पञ्जाबको त्यो जित जारी सिजनको सबैभन्दा ठूलो जितसमेत हो। यि दुई टिमबीच भएका पछिल्लो पाँच खेलमा भने तीन पटक बैंगलोर र दुई पटक पञ्जाबले जित निकालेको छ।

पञ्जाबले जारी सिजनमा ७ खेलमा एकमात्र जित नकालेको छ। यस्तोमा उसले ६ खेल हारेको छ। त्यसैले ऊ बैंगलोरविरुद्ध फेरि जित निकाल्दै हारको दौड तोड्न चाहन्छ।

आज पञ्जाबका कप्तान केएल राहुल र मयंक अग्रवाल खेलको केन्द्रमा रहनेछन्। उनीहरुले जारी सिजनमा ३८७ र ३३७ रन बनाएर लिगमा धेरै रन बनाउने ब्याट्स्मेनमा पर्छन्। बैंगलोरसँगको पछिल्लो खेलमा राहुलले शानदार सतक हानेका थिए।

त्यस्तै, पञ्जाबका क्रिस गेल अहिलेसम्म मैदानमा उत्रन पाएका छैनन्। उनी आजको खेलमा देखिन सक्ने क्रिकेट विश्लेषकले विश्वास गरेका छन्।

यता बैंगलोरले पनि ठिकठाक प्रदर्शन गरिरहेको छ। कप्तान विराट कोहली फर्ममा फर्किएका छन् भने अर्का ब्याट्स्मेन एबी डिबिलियर्सले पनि राम्रो प्रदर्शन गरेका छन्।

आईपीएल इतिहासमा बैंगलोर र पञ्जाबबीच २४ खेल भएका छन्, जसमा १३ खेलमा पञ्जाबले जित निकालेको छ भने ११ खेल पञ्जाबले जितेको छ। दुवै क्लबले आईपीएलको उपाधि जित्न सकेका छैनन्।

आज राति शारजहामा आकाश सफा रहनेछ। त्यस्तै पीचले ब्याट्स्मेनलाई सहयोग मिल्नेछ। साथै स्लो विकेट भएकाले स्पिनर्सलाई पनि सहयोग मिल्नेछ। टस जित्ने टिमले ब्याटिङ गर्न मन पराउने छ।

सम्भावित प्लेइङ सेटः 

बैंगलोरः विराट कोहली (कप्तान), एबी डिबिलियर्स, देवदत्त पोडिक्कल, एरोन फिन्च, क्रिस मोरिस, शिवम् दुवे, वाशिंटन सुन्दर, इसुरु उडाना, नवदीप शैनी, युजवेन्द्र चहल र मोहम्मद सिराज

पञ्जाबः केएल राहुल(कप्तान), प्रमसिमरन सिंह, मयंक अग्रवाल, मनदिप सिंह, निकोलस पुरन, क्रिस गेल, हर्शदिप सिंह, रवि विश्नोई, क्रिस जोर्डन, मोहम्मद शामी, शेल्डन कटरेल
 

प्रकाशित: Oct 15, 2020| 11:16 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।