बिहीबार, वैशाख ३१, २०८३

भारतमा सात महिनादेखि बन्द फिल्म हल खुल्न थाल्यो 

कोरोना भाइरस महामारीका कारण भारतमा विगत सात महिनादेखि बन्द हल सञ्चालन हुन थालेको छ। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं– कोरोना भाइरस महामारीका कारण भारतमा विगत सात महिनादेखि बन्द हल सञ्चालन हुन थालेको छ। 

National life

भारत सरकारले महामारीकै बीचमा ५० प्रतिशत दर्शक राखेर हल खोल्न थालेको हो। सिनेमा हल नचल्दा भारतीय फिल्म उद्योग बलिउडमा ठूलो आर्थिक नोक्सानी भएको छ।

सिनेमा हेर्न जाँदा अनिवार्य रूपमा मास्क र स्यानिटजाइर प्रयोग गर्नुपर्छ। यस्तै एक सिट छाडेर मात्र दर्शक बस्न पाउनेछन्।

साथै हलमा फिल्म देखाउनुपूर्व कोरोना भाइरससम्बन्धी जनचेतनामूलक एक मिनेटको फिल्म देखाउन अनिवार्य गरिएको छ। 

एक सो सकिएपछि पूरै हललाई स्यानिटाइज गर्नुपर्नेछ। त्यसपछि मात्र अर्को सो सुरु गर्नुपर्नेछ। टिकटका लागि अनलाइन बुकिङमा प्राथमिकता दिइएको मन्त्री जावडेकरले बताए। 

आज नयाँ दिल्ली, हरियाणा, उत्तर प्रदेश, पश्चिम बंगाल, मध्य प्रदेश, गुजरात, आन्ध्र प्रदेश, कर्नाटकलगायतका राज्यमा हल खुलेका छन्। 

महाराष्ट्र, तेलंगाना, तमिलनाडु, केरल, पन्जाब और छत्तीसगढ सरकारले भने सिनेमा हल खोल्न अझै अनुमति दिएको छैन। 

प्रकाशित: Oct 15, 2020| 10:26 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्