शनिबार, कात्तिक २९, २०८२

आर्थिक संकटमा परे आदित्य नारायण

कोरोना भाइरसको महामारीले आम मानिसदेखि सेलिब्रेटीसम्मको जिन्दगी बदलिएको छ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

एजेन्सी- कोरोना भाइरसको महामारीले आम मानिसदेखि सेलिब्रेटीसम्मको जिन्दगी बदलिएको छ।

National life

यो महामारीमा धेरैजसोलाई समस्या नै थपिएका छन्। लाभ लिनेहरुको संख्या थोरै र संकटमा पर्नेहरुको संख्या धेरै छ।

वलिउड गायक उदित नारायणका छोरा आदित्य नारायण पनि यतिबेला आर्थिक संकटमा परेका छन्।

गायक र टेलिभिजन प्रस्तोतासमेत रहेका आदित्यले आफू आर्थिक संकटमा परेको एउटा टेलिभिजन कार्यक्रममा जानकारी दिएका हुन्।

उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘मैले जम्मा गरेको सबै पैसा खर्च भइसक्यो, अब मेरो अकाउन्टमा जम्मा १८ हजार रुपैयाँ बचेको छ।

Laxmi sunrise bank
kumari

केही दिनअघि मात्रै आदित्यले आफूले श्वेता अग्रवालसँग बिहे गर्न लागेको कुरा सार्वजनिक गरेका थिए।

बलिउड बबललाई दिएको अन्तर्वार्तामा आदित्यले आफूले कहिल्यै यो हदसम्मको आर्थिक संकट आउला भन्ने नसोचेको बताएका छन्।

उनले एक वर्षसम्म काम गर्न नपाउने अवस्था आएको र जसका कारण घरमा भएको सामानसमेत बेचेर आफू चल्नुपर्ने अवस्था रहेको बताएका छन्।

उनले आफ्नो पुरै बैंक ब्यालेन्स सकिएको र म्युचल फन्ड्समा गरेको लगानी पनि निकालेको बताएका छन्।

आदित्य नारायणले भनेका छन्, ‘म करोडपति होइन, अब मेरो नाममा बैंक अकाउन्टमा जम्मा १८ हजार रुपैयाँ बचेको छ। त्यसैले यदि मैले यही महिनादेखि काम गर्न सुरु गरिनँ भने मसँग एक रुपैयाँ पनि हुनेछैन, अनि मैले मेरो मोटरसाइकलसमेत बेच्नुपर्ने अवस्था आउनेछ।’

प्रकाशित: Oct 15, 2020| 10:20 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्