आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ब्लडप्रेसर बढेर अस्पताल पुगेका झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख

ब्लडप्रेसर बढेर अस्पताल पुगेका झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख देखिएको छ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख देखिएको छ।

रक्तचाप बढेका कारण धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचारारत रहेका खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। उनका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ। 

“उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ”, भट्टराईले भने, “चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ ।” उनको रक्तचाप बढेपछि बुधबार अपराह्न ४ बजे उपचारका लागि अस्पताल लगिएको थियो। 
 

प्रकाशित: Oct 15, 2020| 06:50 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।