आइतबार, भदौ १४, २०८३

तीन मन्त्रीले आज शपथ लिँदै

बुधबार नियुक्त भएका तीन जना मन्त्रीले आज शपथ लिने भएका छन्।  
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं- बुधबार नियुक्त भएका तीन जना मन्त्रीले आज शपथ लिने भएका छन्।  

संवैधानिक व्यवस्था भएअनुसार तीनै जना मन्त्रीलाई  राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पार्टीका महासचिव समेत रहेका विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका थिए।

त्यस्तै शहरी विकास मन्त्रीमा नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा सामाजिक विकास मन्त्रीमा लिलानाथ श्रेष्ठलाई नियुक्त गरेका थिए।   

प्रकाशित: Oct 15, 2020| 05:11 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।