आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका अत्यावश्यक बाहेकका सेवा बन्द 

कर्मचारीलाई कोरोना देखिएपछि पोखरा महानगरका अत्यावश्यक बाहेकका सेवा बन्द 

पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

पोखरा- पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ। 

महानगर प्रमुख मानबहादुर जिसीले सूचना जारी गर्दै केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले आजदेखि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जानकारी दिएका छन्। 

त्यसैगरी महानगरपालिकाले यस अवधिमा आयोजना गर्ने तय गरेका सम्पूर्ण बैठक, कार्यक्रम तथा महानगरका पदाधिकारीलाई आमन्त्रण गरिएका कार्यक्रमहरूमा समेत पदाधिकारी उपस्थित नहुने महानगर प्रमुख जिसीले जानकारी दिए। 

महानगरबाट प्रदान गरिने सेवा बन्द भएपनि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने संचालन हुने जनाइएको छ। पोखरा महानगरपालिकामा केही दिनयता कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको छ। 

प्रकाशित: Oct 15, 2020| 05:01 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।