बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हुवावे प्रमुखको रिहापछि चिनियाँ हिरासतमा रहेका दुई क्यानेडियन नागरिक पनि छुटे

हुवावे प्रमुखको रिहापछि चिनियाँ हिरासतमा रहेका दुई क्यानेडियन नागरिक पनि छुटे

सन् २०१८ मा पक्राउ परेकी चिनियाँ टेक-जायन्ट कम्पनी हुवावेका कार्यकारी प्रमुख मेङ वाङझोउको रिहापछि चीनले दुई क्यानेडियन नागरिकलाई रिहा गरेको छ। अमेरिकी वारेन्टपछि क्यानडामा मेङ पक्राउ परेकी हुन्।
 |  शनिबार, असोज ९, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज ९, २०७८

काठमाडौं- सन् २०१८ मा पक्राउ परेकी चिनियाँ टेक-जायन्ट कम्पनी हुवावेका कार्यकारी प्रमुख मेङ वाङझोउको रिहापछि चीनले दुई क्यानेडियन नागरिकलाई रिहा गरेको छ। अमेरिकी वारेन्टपछि क्यानडामा मेङ पक्राउ परेकी हुन्। 

National life

उनको रिहाको केही घण्टापछि चिनियाँ हिरासतमा रहेका दुई जना क्यानेडियन नागरिकलाई पनि रिहा गरिएको छ। 

चीन सरकारले १००० दिन अर्थात् झण्डै तीन वर्षपछि दुई क्यानेडियन नागरिक माइकल कोभ्रिग र माइकल स्पाभोरलाई रिहा गरिएको हो।  चिनियाँ कम्पनी हुवावे टेक्नोलीजीजका प्रमुख मेङ वाङझोउलाई क्यानडामा पक्राउ गरेलगत्तै चीनले क्यानेडियन दुई नागरिकलाई बेइजिङमा पक्राउ गरेको थियो।  

'माइकल कोभ्रिग र माइकल स्पाभोर केहीबेरअघि आफ्नो घर फिर्तीका लागि चीन छाडे,' क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन्। यसअघि उनले आफ्ना नागरिकलाई चीनले बन्धक बनाएकोमा आपत्ति जनाउँदै आएका थिए।

मेङको रिहाइपछि उनकी छोरी रेङ झेङफेइले अमेरिकाको गलत अनुसन्धानका कारण आफ्नो आमालाई पक्राउ गरेको बताएकी छन्। 

Laxmi sunrise bank
kumari

चीनले मेङको रिहाइको बदलामा दुई क्यानेडियन नागरिकलाई पक्राउ नगरेको स्प्ट पारे पनि आलोचकहरुले भने बेइजिङले राजनीतिक बार्गेनिङका लागि उनीहरुलाई पक्राउ गरेको आरोप लगाएका छन्। 


प्रकाशित: Sep 25, 2021| 17:05 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।