आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दुई खेलाडीले रेडकार्ड पाएपछि इंग्ल्यान्ड डेनमार्कसँग पारजित

दुई खेलाडीले रेडकार्ड पाएपछि इंग्ल्यान्ड डेनमार्कसँग पारजित

समुह ए–२ अन्तर्गत बुधबार राति सम्पन्न नेसन्स लिगको खेलमा इंग्ल्यान्ड पराजित भएको छ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं– समुह ए–२ अन्तर्गत बुधबार राति सम्पन्न नेसन्स लिगको खेलमा इंग्ल्यान्ड पराजित भएको छ।

अघिल्लो खेलमा बेल्जियमलाई जितेको इंग्ल्यान्ड घरेलु वेम्बले रंगशालामा डेनमार्कविरुद्ध १–० गोलअन्तरले पराजित भएको हो।

खेलको ३१ औं मिनेटमै इंग्ल्यान्डका ह्यारी म्यागुरी डबल यल्लो कार्ड खाँदै बाहिरिएपछि घरेलु टिम १० खेलाडीमा सीमित भएको थियो।

उनी खेलबाट छिटो समयमा बाहिरिने इंग्ल्यान्डका दोस्रो खेलाडीसमेत हुन। योभन्दा पहिले २००९ मा राब ग्रिन १४ मिनेटमै बाहिरिएका थिए।

म्यानचेस्टर युनाइटेका कप्तानसमेत रहेका म्यागुरीले आफ्नै कमजोर टचलाई प्राप्त गर्न खोज्दै गर्दा कास्पर डोल्बर्गलाई मैदानमा लडाएपछि रातो कार्ड पाए। उनले त्यसअघि नै यल्लो कार्ड पाइसकेका थिए।

उनको बहिर्गमनको चौथो मिनेट नै इंग्ल्यान्डका लागि भारी पर्यो। डेनमार्कका लागि क्रिस्टियन एरिक्सनले ३५ औं मिनेटमा पेनाल्टीमार्पmत् गोल गरे। उनको पेनाल्टी गोलसँगै इंग्ल्यान्ड पहिलो हाफमै एक गोलले पछि पर्यो।

दोस्रो हाफमा पनि उसले गोल गर्न सकेन। बरु, खेलको इन्ज्युरी समयमा इंग्ल्यान्ड(चेल्सी)का डिफेन्डर रिस जेम्स पनि सीधा रातो कार्ड खाँदै बाहिरए।
एरिक्सनको निर्णायक गोलसँगै डेनमार्कले लिगमा दोस्रो जित र एक बरबरीसँगै ७ अंक बनाएको छ।

पराजित इंग्ल्यान्ड ७ अंकका साथ तेस्रो स्थानमा छ। त्यस्तै बेजियम भने तीन जितका साथ शीर्षस्थानमा छ।

त्यस्तै, बुधबार राति सम्पन्न खेलमा नर्वेले उत्तरी आयरल्यान्डलाई १–० गोलअन्तरले हराएको छ। 

अष्ट्रियाले पनि रोमानियाँलाई १–० हराएको छ। इटालीले भने नेदरल्यान्डसँग एकएक गोलको बराबरी खेलेको छ।

प्रकाशित: Oct 15, 2020| 00:47 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।