शनिबार, मंसिर २७, २०८२

यस्तो देखियो 'बुम बुम' शाहिद अफ्रिदीको ईपीएल [तस्बिरहरू]

काठमाडौंमा बुधबार पहिलो पटक ओर्लिका पाकिस्तानी पुर्व अन्तरराष्ट्रिय खेलाडी साहि अफ्रिदीले शनिबार नेपाली माटोमा पहिलो पटक क्रिकेट खेलेका छन्।
 |  शनिबार, असोज ९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, असोज ९, २०७८

काठमाडौं- काठमाडौंमा बुधबार पहिलो पटक ओर्लिका पाकिस्तानी पुर्व अन्तरराष्ट्रिय खेलाडी साहि अफ्रिदीले शनिबार नेपाली माटोमा पहिलो पटक क्रिकेट खेलेका छन्। काठमाडौं किंग्स इलेवेनको टिमबाट मैदानमा उत्रिएका अफ्रिदीले पहिलो पटक नेपालको सर्वाधिक लोकप्रिय क्रिकेट एभरेष्ट प्रिमियर लिग शनिबार खेलेका छन्।

National life

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा पाकिस्तानी खेलाडीको खेल हेर्न हजारौँको संख्यामा समर्थकको उपस्थिति रहेको थियो।

सायद धेरै समर्थकलाई लागेको थियो उनले आज छक्का र चौकको वर्षा गर्नेछन्। समर्थकलाई लागेजस्तो अफ्रिदीले ब्याटिङ गर्ने अवसर नै पाएनन्। तर ललितपुर प्याट्रिओट्सका बलरलाई काठमाडौं किंग्स इलेवेनका अर्को विदेशी खेलाडी रायन बर्लले भने छक्का र चौका वर्षाएका छन्।

३४ बलको सामना गरेका बर्लले सात छक्का र तीन चौकासँगै ७३ रन बनाए भने उनले चौका प्रहार गरेसँगै काठमाडौंले ललितपुरलाई ७ रनले हराउन सफल भयो। १५८ रनको लक्ष्य पाएको काठमाडौंले  १४.२ ओभरमा ३ विकेट गुमाउँदै १६० रन जोडेर लक्ष्य पूरा गरेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भर्खरै सम्पन्न खेलमा टस जितेर बलिङ रोजेको काठमाडौंले १५८ रनको लक्ष्य पाएको थियो।

Laxmi sunrise bank
kumari

जवाफी ब्याटिङमा काठमाडौंका रहमनुल्लाग गुरबज र र्यान बर्लले अर्धशतक प्रहार गरे। गुरबजले ३६ बलमा ४ छक्का र चार चौकासहित ५९ रन बनाएका थिए।







 

प्रकाशित: Sep 25, 2021| 17:18 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।