आइतबार, असार २८, २०८३

रोनाल्डोबिनाको खेलमा पोर्चुगलको सहज जित

पोर्चुगलका फुटबल कप्तान क्रिस्टियानो रोनाल्डो कोरोना भाइरस संक्रमणका कारण आइसोलेसनमा छन्। उनी सहभागी नभएको खेलमा साविक विजेता पोर्चुगलले स्विडेनमाथि सहज जित निकालेको छ।
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

काठमाडौं– पोर्चुगलका फुटबल कप्तान क्रिस्टियानो रोनाल्डो कोरोना भाइरस संक्रमणका कारण आइसोलेसनमा छन्। उनी सहभागी नभएको खेलमा साविक विजेता पोर्चुगलले स्विडेनमाथि सहज जित निकालेको छ।

पोर्चुगलको जोस अल्वालड रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले ३–० गोलअन्तरको जित निकालेको हो।

जितका लागि डियोगो जोटाले दुई गोल गरे भने बर्नान्डो शिल्वाले एक गोल गरे। जोटाले २१ औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै शिल्वाले पहिलो गोल गरे।

त्यस्तै, पहिलो हाफको ४४ औं मिनेटमा क्यान्सेलोले दिएको पासलाई जोटाले गोलमा बदलेसँगै पोर्चुगल फर्स्ट हाफमै दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि जोटाले एक गोल थपे। कार्भाल्होले दिएको पासलाई गोलमा परिणत गर्दै जोटाले ७२ औं मिनेटमा ३–० गोलको सहज अवस्थामा पुर्याए।

यता स्विडेन भने अन्तिम समयसम्म पनि खेलमा फर्कन सकेन। सान्त्वना गोल गर्न नसक्दा पाहुना टिम तीन गोलले पराजित भयो।

जितसहित १० अंक बनाएको पोर्चुगल अंकतालिकाको शीर्षस्थानमा छ भने जितविहिन स्विडेन पुछारमा छ।

लिग ए, ग्रुप ३ मा फ्रान्स क्रोएसिया भने दोस्रो र तेस्रो स्थानमा छन्।
 

प्रकाशित: Oct 15, 2020| 00:02 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।