आइतबार, असार २८, २०८३

राजस्थानलाई हराएर दिल्ली आईपीएलको शीर्ष स्थानमा

यूएईमा जारी आईपीएल २०२० को शीर्ष स्थानमा दिल्ली क्यापिटल्स उक्लिएको छ। बुधबार रातिको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली पहिलो स्थानमा उक्लिएको हो। 
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

यूएईमा जारी आईपीएल २०२० को शीर्ष स्थानमा दिल्ली क्यापिटल्स उक्लिएको छ। बुधबार रातिको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली पहिलो स्थानमा उक्लिएको हो। 

१६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनाएको थियो। राजस्थानलाई जितको लागि अन्तिम १८ बलमा २९ रन आवश्यक थियो। १८ औं ओभरमा एनरिच नोर्टजेले एक विकेट लिँदै ४ रन खर्चेका थिए।

१९ औं ओभरमा कागिसो रबाडाले तीन रन खर्चेर १ विकेट लिएपछि नतिजा दिल्लीको पक्षमा गयो। अन्तिम ओभरमा राजस्थानलाई २२ रन चाहिएको थियो। तुषारदेश पान्डेले एक विकेट लिँदै ८ रन खर्चिएर जित पक्का गराए।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो। कप्तान श्रेयस ऐर र शिखर धवनले अर्धशतकीय इनिङ खेले। 

दिल्लीले आफ्नो नवौं खेल अब शनिबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ। राजस्थानले भने शनिबार नै बैंगलोरसँग खेल्ने छ।
 

प्रकाशित: Oct 14, 2020| 23:48 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।