आइतबार, असार २८, २०८३

फ्रान्सको जितमा एम्बाप्पे र ग्रिजम्यानको गोल

यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा फ्रान्सले क्रोएसियामाथि सहज जित निकालेको छ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा फ्रान्सले क्रोएसियामाथि सहज जित निकालेको छ।

क्रोएसियाको काक्सिमिर रंगशालामा सम्पन्न रिटर्न लेगको खेलमा पाहुना टिमले २–१ गोलअन्तरको जित निकालेको हो।

जितका लागि एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पेले समान १–१ गोल गरे। खेलको आठौं मिनेटमै फ्रान्सका मिडफिल्डर ग्रिजम्यानले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

सो अग्रतासँगै पहिलो हाफमा फ्रान्स एक गोलले अघि रह्यो। दोस्रो हाफमा दुवै टिमले १–१ गोल गरे। ६४ औं मिनेटमा क्रोएसियाका निकालो व्लासिचले गोल गर्दै खेलललाई बराबरीमा ल्याएका थिए।

तर, खेलको ७९ औं मिनेटमा लुकास डिग्नीको पासमा एमबाप्पेले गोल गर्दै घरेलु टिमलाई फेरि पछि पारिहाले। उनको गोलसँगै पुनः अग्रता बनाएको फ्रान्सले २–१ को जित निकाल्यो।

गएरातिको जितसहित फ्रा लिगमा अपराजित छ। त्यस्तै, युवा फरवार्ड एम्बाप्पेले केरियरको १६ औं अन्तराष्ट्रिय गोल गरेका छन्। 

तेस्रो जित र एक बरबरीसहित फ्रान्सले पोइन्ट टेबलमा १० अंक जोडेको छ। ऊ समान १० अंक भएको पोर्चुगलसँग गोलअन्तरको आधारमा पछि पर्दै दोस्रो स्थानमा छ।

यता पराजित क्रोएसिया भने तीन अंकका साथ तेस्रोस्थानमा छ।
 

प्रकाशित: Oct 14, 2020| 23:38 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।