आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् पुनर्गठन : विष्णु पौडेल अर्थ, सञ्चारमा पार्वत गुरुङ

मन्त्रिपरिषद् पुनर्गठन : विष्णु पौडेल अर्थ, सञ्चारमा पार्वत गुरुङ

तीनवटा मन्त्रालयमा नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद् पुनर्गठन भएको छ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं- तीनवटा मन्त्रालयमा नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद् पुनर्गठन भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेकी छन् भने सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गरेकी छन् ।

त्यस्तै कृष्ण गोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पार्वत गुरुङ यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीकाे जिम्मेवारीमा थिए।

प्रधानमन्त्री ओलीले ईश्वर पोखरेलबाट रक्षा मन्त्रालय खोसेर आफ्नो मातहतमा राखेका छन् भने पोखरेल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सिमित भएका छन्।

बुधबार बिहान नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच छलफल भएपछि दिउँसो मन्त्रिपरिषद् पुनर्गठन भएको हो।

प्रकाशित: Oct 14, 2020| 12:11 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।