काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत आज राति पौने ८ बजे दुबई रंगशालामा ३० औं खेल हुँदैछ। आजको रिटर्न लेगमा दिल्ली क्यापिटलले राजस्थान रोयल्सको सामना गर्नेछ।
शारजहाँ रंगशालामा भएको पहिलो लेगको खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले हराएको थियो। यसकारण आजको खेल राजस्थानलाई पछिल्लो खेलको बदला लिने अवसरका रुपमा हुनेछ।
तर दिल्लीलाई हराउन त्यति सजिलो छैन। उसले पछिल्लो खेलमा पनि टस जितेर ब्याटिङ गर्दै १८५ रनको लक्ष्य दिएको थियो। त्यो खेलमा राजस्थानले जारी सिजनकै सानो लक्ष्य पूरा गर्न सकेन। ऊ दुई बल बाँकी रहँदै अल आउट भयो।
आजको खेलमा पनि राजस्थान त्यही शीर्ष चार ब्याट्स्मेनमा निर्भर रहन्छ। कप्तान स्टिभ स्मिथ, जोस बटलर, बेन स्टोक्स र सन्जू समसन राजस्थानको केन्द्रमा रहनेछन्। उनीहरुलाई राम्रो सुरुवात गर्ने जिम्मेवारी रहनेछ। बलिङमा जोफ्रा आर्चरले मुख्य जिम्मेवारी सम्हाल्नेछन्।
यता दिल्लीका सबै खलाडी सानदार फर्ममा छन्। उसका स्पिनर अमित मिश्रा चोटका कारण बाहिरिए पनि अन्य खेलाडीले सानदार प्रदर्शन गरिरहेका छन्। दिल्ली १० अंकका साथ दोस्रो स्थानमा छ भने राजस्थान ६ अंकका साथ सातौं स्थानमा छ।
आईपीएल इतिहास हेर्ने हो भने यी दुई टिमबीच २१ खेल भएका छन्। जसमध्ये १० खेलमा दिल्लीले जित निकालेको छ भने बाँकी खेल राजस्थानमा जितेको छ। हेड टू हेडमा पछि रहेको दिल्ली आजसम्म फाइनल भने पुगेको छैन। राजस्थानले सुरुवाती सिजनमा जित निकालेको थियो।
दुबईमा आज राति आकाश सफा रहने पूर्वानुमान छ भने तापक्रम २३ देखि ३६ डिग्री सेल्सियस हुनेछ। दिल्लीले दुबई रंगशालामा भएका तीन खेलमा सबै जित निकालेको छ भने राजस्थानले दुई खेलबाट एकमा जित निकालेको छ।
सम्भावित प्लेइङ सेटः
राजस्थानः स्टिभ स्मिथ(कप्तान), जोस बटलर, सन्जु समसन, रबिन उथप्पा, बेन स्टोक्स, रोहुल तेबतिया, महिलाप लोमरोर, जोफ्रा आर्चर र श्रेयस गोपाल
दिल्लीः श्रेयस आयर(कप्तान), अलेक्स क्यारी, पृथ्वी श, शिखर धवन, अजिंक्य रहाणे, मार्कस स्टोइनिस, रविचन्द्र अश्विन, अक्षर पटेल, हर्षल पटेल, कगिसो रबाडा र एनरिच नोर्तजे