आइतबार, असार २८, २०८३

स्पेन पराजित, जर्मनी स्विट्जरल्यान्डसँग बराबरीमा रोकियो

जारी यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा स्पेन पराजित भएको छ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– जारी यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा स्पेन पराजित भएको छ। युक्रेनको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम घरेलु टिमसँग १–० गोल अन्तरले पराजित भएको हो।

युक्रेनको जितका लागि भिक्टर स्याहान्कोभले निर्णायक गोल गरे। उनले खेलको ७६ औं मिनेटमा योर्मोलेन्कोको पासमा गोल गर्दै युक्रेनलाई जित दिलाएका थिए।
हारका बाबजुद ७ अंकका साथ स्पेन लिग २, ग्रुप ४ को शीर्षस्थानमा छ भने विजेता युक्रेन ६ अंकका साथ तेस्रो स्थानमा छ।

त्यस्तै मंगलबार राति नै सम्पन्न अर्को खेलमा जर्मनीले स्विट्जरल्यान्डसँग ३–३ गोलको बराबरी खेलेको छ। जर्मनीको रेहिन इनर्जी रंगशालामा सम्पन्न खेलमा दुवै टिमले बराबरी खेल्दै अंक बाँडे।

जर्मनीका लागि टिमो वेर्नर, कई हभट्र्ज र सर्ज गन्याब्रीले १–१ गोल गरे। यता स्ट्जिरल्यान्डका लागि भने मारियो गाव्रानोविचले दुई गोल गरे भने रोमो फ्रेउलरले एक गोल गरे।

स्ट्जिरल्यान्डका फबियन स्चले अन्तिम मिनेटमा रातो कार्ड पाएपछि उनी इन्ज्युरी समयमा बाहिरिएका थिए।

जर्मनी र स्विट्जरल्यान्डले बरबरी खेल्दंै अंक बाँडेसँगै अंकतालिकामा जर्मनीको ६ अंक छ भने स्विट्जरल्यान्डको २ अंक मात्र छ। जर्मनी समूहको दोस्रो स्थानमा रहँदा स्विट्जरल्यान्ड पुछारमा छ।
 

प्रकाशित: Oct 14, 2020| 00:03 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।