आइतबार, असार २८, २०८३

रोनाल्डोलाई कोरोना संक्रमण

इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण भएको छ।
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण भएको छ।

पोर्चुगिज फुटबल फेडेरेसन (एपपीएफ) ले मंगलबार कोरोना संक्रमण पुष्टि भएको सूचना जारी गरेको हो।

३५ वर्षका उनलाई कुनै लक्षण नदखिएको एफपीएफले बताएको छ। उनले गत सोमबार राति फ्रान्सविरुद्धको खेलमा सहभागिता जनाएका थिए।

उनको टिमले विश्वविजेता फ्रान्ससँग पेरिसमा एक हजार दर्शकमाझ गोलरहित बराबरी खेलेको थियो।

रोनाल्डोकै कप्तानीमा अघिल्लो सिजन उपाधि जितेको पार्चुगलले भोलि बुधबार स्विडेनसँग प्रतिस्पर्धा गर्दैछ। उनीबाहेक अन्य खेलाडीलाई भने कोरोना देखिएको छैन। उनीहरु खेलमा सहभागी हुनेछन्।

रोनाल्डोले गत सेप्टेम्बरको नेसन्स लिगमा स्विडेनलाई हराउँदा राष्ट्रिय टीमका लागि १०० गोल पूरा गरेका थिए। कोरोनाका कारण आइसोलेसनमा बसेपछि उनले नेसन्स लिगको खेलका साथै युभेन्टसबाट १७ अक्टोबरको खेल गुमाउने भएका छन्। साथै उनले च्याम्पियन्स लिगअन्तर्गत सिजनको पहिलो खेल पनि गुमाउने छन्।
 

प्रकाशित: Oct 13, 2020| 15:53 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।