मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलको ‘सेकेन्ड हाफ’ सुरु, पहिलो खेलमा चेन्नई र हैदराबाद भिड्दै

आईपीएलको ‘सेकेन्ड हाफ’ सुरु, पहिलो खेलमा चेन्नई र हैदराबाद भिड्दै

इन्डियन प्रिमियर लिग(आईपीएल)मा लिग चरणका आधा खेल सकिएका छन्। राउन्ड रोविनको पहिलो चरण समाप्त भएसँगै आजबाट दोस्रो चरण सुरु हुँदैछ।
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल)मा लिग चरणका आधा खेल सकिएका छन्। राउन्ड रोविनको पहिलो चरण समाप्त भएसँगै आजबाट दोस्रो चरण सुरु हुँदैछ।

National life

आजको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादसँग दोस्रोपटक प्रतिस्पर्धा गर्दैछ। आईपीएलमा आजबाट सबै टिमले एक अर्कासँग दोस्रोपटक प्रतिस्पर्धा गर्नेछन्।

लिगको २९ औं खेल आज साँझ पौने ८ बजे दुबईमा हुँदैछ। चेन्नईका लागि पछिल्लो खेलमा बेहेरेको हारको बदला लिने अवसर रहनेछ।

लिगको १४ औं खेलमा हैदराबादले चेन्नईलाई ७ रनले हाएको थियो। आईपीएल इतिहासमा यि दुई टिमबीच १३ खेल भएका छन्। जसमा हैदराबादले ४ जित निकालेको छ भने बाँकी खेल चेन्नईले आफ्नो पोल्टामा पारेको छ।

यसकारण चेन्नईको पल्ला भारी देखिन्छ। तर जारी सिजनमा दुवै टिमले पछिल्लो खेल हारेका छन्। र, उनीहरु दुवै टिम आजको खेलमा जित निकाल्दै लयमा फर्कने ध्येयमा हुनेछन्।

Laxmi sunrise bank
kumari

आजको खेलमा फाफ डू प्लेसिस र डेविड वार्नर केन्द्रमा रहनेछन्। डू प्लेसिसले चेन्नईका लागि सबैभन्दा धेरै ३०७ रन बनाएका छन् भने हैदराबादका कप्तान वार्नरले २ अर्धसतकका साथ २७५ रन बनाएका छन्।

आज राति दुबईमा मैसम सफा रहनेछ भने तापक्रम २३ देखि ३७ डिग्री सेल्सियससम्म रहनेछ। यहाँ टस जित्ने टिमले ब्याटिङ गर्न मन पराउने छ।

सम्भावित प्लेइङ ११ः

चेन्नईः महेन्द्रसिंह धोनी(कप्तान), शेन वाट्सन, फाफ डू प्लेसिस, अम्बाती यारडू, एन जगदीसन, रविन्द्र जाडेजा, ड्वेन ब्राबो, सम सरण, शार्दुल ठाकुर, कर्ण शर्मा, दिपक चाहर

सनराइजर्सः डेविड वार्नर(कप्तान), जोनी बेयरेस्टो, मनिष पाण्डे, केन विलियम्सन, प्रियम गर्ग, अभिषेक शर्मा, विजय शंकर, राशिद खान, अलिल अहमद, टी नटराजन, सन्दीप शर्मा

प्रकाशित: Oct 13, 2020| 11:40 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।