सोमबार, जेठ ४, २०८३

मनमोहन प्राविधिक विश्वविद्यालयलाई अनुसन्धान केन्द्र बनाइँदै

मनमोहन प्राविधिक विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

विराटनगर– मनमोहन प्राविधिक विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ। 

National life

यस सम्बन्धमा विश्वविद्यालयका प्रमुख डा. सुवासश्री पोखरेल र राष्ट्रिय अनुसन्धान परिषद्का अध्यक्ष डा. महावीर पुनबीच सम्झौता भएको हो। 

प्रमुख डा. पोखरेलका अनुसार दुवै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नवीनतम क्षेत्रमा अनुसन्धान गर्नेछन्। 

विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पुर्वाधार र अन्य स्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ। 

सम्झौताअनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्नेछ। 

सम्झौता कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताए। परिषद् अध्यक्ष डा. पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रको मोडलमा सञ्चालन गरिने बताए। 

प्रकाशित: Oct 13, 2020| 11:22 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्