मंगलबार, चैत ३, २०८२

पार्वतीलाई स्वर्ण पदक, मूलपानी टिम च्याम्पियन

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छन्।
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं- नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छन्।

National life

कागेश्वरी नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १८–३१ वर्षमा नेपाल प्रहरीकी पार्वती पहिलो भएकी हुन्।

त्यस्तै स्युचाटारकी सन्जिला तिम्सिना दोश्रो भइन् भने भोटेपुलकी स्वस्तिका तामाङ र चन्द्रमाकी सुशिला राई तेश्रो स्थानमा सीमित भए।

यो स्पर्धामा पार्वतीसहित शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं सागका स्वर्ण विजेता हुन्।

सोही स्पर्धाको पुरुषमा मूलपानीका पुष्पप्रसाद गौतम पहिलो भए भने बागलुङका युकेश थापा मगर दोश्रो भए। सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङका विवेक राई र चितवनका मोहम्मद उमर खान तेश्रो बने।

Laxmi sunrise bank
kumari

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन तथा युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा भएको प्रतियोगिताको १८ वर्ष पुरुषमा १३ औं सागका कांस्यधारी अस्मिन राउतले पहिलो स्थान हात पारे। मकवानपुरका कृष्णबहादुर बमजन दोश्रो भए भने चितवनका अब्बास खान र मूलपानीका विवेक श्रेष्ठ तेश्रो भए।

त्यसै स्पर्धाको महिलामा स्युचाटारकी मोनिका रम्तेलले शीर्ष स्थान कब्जा गरिन्। चितवनकी जैनथ खातुन दोश्रो भइन् । सैनिक आवसीय महाविद्यालयका रोशनी श्रेष्ठ र रिता श्रेष्ठ तेश्रो भए।

पुरुष ३१–४० वर्षमा बुटवलका सुरज श्रेष्ठले स्वर्ण चुमे भने मदन थापा मगर दोश्रो भए। हीराहरि तेक्वान्दो डोजाङ, सिन्धुपाल्चोकका रमेश गुरुङ र यान्सुक तेक्वान्दो डोजाङका दुर्गामान तामाङ तेश्रो बने।

प्रतियोगितामा आयोजक मूलपानी तेक्वान्दो डोजाङ समग्रमा टिम च्याम्पियन बन्यो। ११ स्पर्धा समावेश दुई दिने प्रतियोगितामा मूलपानीले ४ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो।

स्युचाटार ४ स्वर्ण र १ रजतसाथ दोश्रो भयो भने तेश्रो स्थानको बुटवलले १ स्वर्ण, १ रजत र २ कांस्य हात पार्‍यो। बाँकी १–१ स्वर्ण नेपाल प्रहरी र कोटेश्वरले आफ्नो पोल्टामा पारे।

प्रतियोगिताको प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिने छ।

पुरस्कार बुधबारदेखि खेलाडीको बैंक खातामा पठाउन सुरु गरिने आयोजक मूलपानीका अध्यक्ष अशोक खड्काले जनाएका छन्।

सहभागी मध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्डसहित नगद ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ। खेलाडीको चयन गर्न प्रत्येक सहभागी खेलाडीको भिडियोयु ट्युबमा राखिने छ।

त्यस मध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ को पुरस्कार प्रदान गरिने छ। यसको नतिजा भने अक्टोबर २० तारिखमा सर्वाजनिक गरिने छ। प्रतियोगिता निर्णायकहरु अशोक खड्का, हीराबहादुर थापा, नोर्बु लामा, विक्रम खड्गी र मिन न्यौपानेले सञ्चालन गरेका थिए।

दुई दिने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेनासहित विभिन्न ४४ टिमका २ सय ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
 

प्रकाशित: Oct 13, 2020| 09:32 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।