मंगलबार, चैत ३, २०८२

आईपीएलको आधा सिजन : कसको कस्तो प्रदर्शन ?

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले ७ खेलमा ५ जित निकाल्दै अंकतालिकाको शीर्षस्थानमा छ।
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)को आधा सिजन सकिएको छ। सोमबार राति रोयल च्यालेन्जर्स बैंगलोरले कलकत्ता नाइट राइडर्सविरुद्ध ८२ रनले जित निकालेसँगै सिजनको आधा खेल सकिएका हुन्।

National life

यससँगै आठै टिमले समान ७–७ खेल खेलेका छन्। यसरी लिग चरणअन्तर्गत ५६ खेल हुनुपर्नेमा २८ खेल सकिएका हुन्।

आजसम्मको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले ७ खेलमा ५ जित निकाल्दै अंकतालिकाको शीर्षस्थानमा छ। दिल्ली र बैंगलोर पनि १० अंकका साथ नेट रन रेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छ।

यता किंग्स इलेवेन पञ्जाब समान ७ खेलमा एकमात्र जित निकाल्दै तालिकाको पुछारमा छ। जहाँ पञ्जाबका कप्तान जारी सिजनमा सबैभन्दा धेरै ३८७ रन बनाएर सिजनको ओरेन्ज क्यापको दावेदारीमा सबैभन्दा अघि छन्।

ओरेन्ज क्यापका लागि उनले एक शतक र तीन अर्धशतक प्रहार गरिसकेका छन्। उनको सानदार प्रदर्शनका बाबजुद पञ्जाबले एकमात्र जित निकालेको छ। राहुलका अलावा पनि विराट कोहली, जसप्रित बुमराह, शिवम् मावी, राहुल तेबतिया र मायंक अग्रवालजस्ता खेलाडीले सानदार प्रदर्शन गरिरहेका छन्।

Laxmi sunrise bank
kumari

जारी सिजनमा भारतीय खेलाडीले सानदार प्रदर्शन गरिरहेका छन्। यसमा बैंगलोरका देवदत्त पोडिक्कल, पञ्जाबका रवि विश्नोइ, हैदराबादका टी नटराजनले भारतिय क्रिकेट टिमका लागि दावेदारी प्रस्तुत गरेका छन्।

पोडिक्कलले ७ खेलमा तीन अर्धशतकसहित २४३ रन बनाए भने विश्नोइले पनि समान ७ खेलमा ७.८७ को इकोनोमीका साथ ८ विकेट लिएका छन्। नटराजनले पनि ७ खेलमा ७ विकेट गिराएका छन्।

पर्पल क्यापको रेसमा पाँच खेलाडी

पर्पल क्यापको रेसमा दुई भारतीय बलरका साथ पाँच खेलाडी छन्। जसमा जोफ्रा आर्चर, जसप्रित बुमराह, ट्रेन्ट बोल्ट, राशिद खान र युजवेन्द्र चहल छन्। रबाडाले सर्वाधिक १७ विकेट लिएका छन् भने बुमराहले ११ विकेट गिराएका छन्।
अर्का बलर बोल्टले पनि ११ विकेट चट्काएका छन्। १० विकेट लिनेमा राखिद खान र चहल छन्।
उनीहरु सबैले ७ खेल खेलेका छन्।

आधा सिजन सकिँदा आईपीएलमा ७ खेलाडीले मेडन राखेका छन्। सबै खेलाडीले समान १–१ मेडन राखेका हुन्। जसमा हर्शदिप सिंह, शिवम मावी, राशिद खान। शेल्डक कटरेल, दवदिप शैनी, टी नटराजन र ट्रेन्ट बोल्ट छन्।

त्यस्तै, आजसम्मको खेलमा जोफ्रा आर्चरले ८७ डट बल फालेका छन् भने एनरिच नोर्तजेले ७७ डट बल फालेका छन्। जसप्रित बुमराहले ७६, राशिद खानले ७५ र ट्रेन्ट बोल्टले ७० डट बाल फालेका छन्।

शतक हान्ने दुई खेलाडी

जारी सिजनमा दुई खेलाडीले मात्र शतकिय पारी खेलेका छन्। दुवै खेलाडी पञ्जाबका हुन्। कप्तान केएल राहुलले ७ खेलमा एक सेन्चुरी हिर्काएका छन् भने मयंक अग्रवालले पनि एक शतक हानेका छन्।

टप ब्याट्स्मेन

सिजनका पाँच टप ब्याट्स्मेनमा केएल राहुल, फाफ डू प्लेसिस, जोनी बोयरस्टो, देवदत्त पोडिक्कल र एबी डिबिलियर्स छन् उनीहरु सबैले समान ७ खेलमा ३–३ अर्धसतक हिर्काएका छन्।

त्यस्तै, बाउन्ड्रिीका कुरा गर्दा राहुलले ३७ चौका हानेका छन् भने मयंक अग्रवालले ३४ चौका हानेका छन्। सूर्यकुमार यादव, फाफ डू प्लेसिस, देवदत्त पोडिक्कलले क्रमशः ३३, २९ र २५ चौका प्रहार गरेका छन्।

यता छक्का प्रहार गर्नेमा पञ्जाबका निकोलस पुरन अघि छन्। उनले १६ छक्का प्रहार गरेका छन्। त्यस्तै, सन्जू समसनले पनि समान १६ छक्का हिर्काएका छन् भने राजस्थानका राहुल तेबतियाले १५, मुम्बईका ईशान किसन र रोहित शर्माले समान १४–१४ छक्का हिर्काएका छन्।

महँगा र सस्ता खेलाडीको प्रदर्शन

आईपीएलका सबैभन्दा महँगा खेलाडी विराट कोहली हुन् भने दोस्रो र तेस्रोमा पैट कमिन्स र महेन्द्र सिंह धोनी हुन्।

कोहलीले ७ खेलमा २५६ रन बनाएका छन् भने कमिन्सले ७ खेलमा २ विकेट लिएका छन्। यता धोनीले भने ७ खेलमा ११२ रन बनाए। उनीहरुलाई फ्रेन्चाइज क्लबले क्रमशः १७ करोड, १५.५ करोड र १५ करोड भारुमा अनुबन्ध गरेको हो।

त्यस्तै, २० लाख भारुमा अनुबन्धन भएका खेलाडी आईपीएलका सबैभन्दा सस्ता खेलाडी हुन्। जसमा देवदत्त पोडिक्कल, हर्शदिप सिंह र हर्षल पटेलल छन्।

पोडिक्कलले ७ खेलमा २४३ रन बनाएका छन् भने हर्षदिपले ४ खेलमा तीन विकेट लिएका छन्। त्यस्तै पटेलले ४ खेलमा तीन विकेट लिए।

प्रकाशित: Oct 13, 2020| 07:59 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।