मंगलबार, चैत ३, २०८२

आईपीएल : कोलकातामाथि बैंगलोरको उत्कृष्ट जित

जारी आईपीएलको २८ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं- जारी आईपीएलको २८ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ।

National life

जारी सिजनमा पाँचौं खेल जितेसँगै बैंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। जितका लागि १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रन बनाउन सक्यो। कोलकाताका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्। कोलकाताले निरन्तर विकेट गुमाइरह्यो। 

त्यसअघि शारजहाँ क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बैंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १९४ रन बनाएको थियो। 

बैंगलोरले अब बिहिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ। कोलकाताले भने शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्नेछ।

मुम्बई, दिल्ली र बैंगलोरको समान १० अंक छ। नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बैंगलोर तेस्रो स्थानमा छन्। कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हारसहित चौथो स्थानमा पुगेको छ।

Laxmi sunrise bank
kumari

सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित सहित पाँचौं स्थानमा छ। राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जितसहित छैटौं स्थानमा छ।

चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जितसहित सातौं स्थानमा छ। किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जितसहित २ अंकका साथ पुछारमा छ।

प्रकाशित: Oct 12, 2020| 23:33 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।