बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबान वरिष्ठ अधिकारी भन्छन्- अफगानिस्तानमा फेरि हात-खुट्टा काट्ने सजाए दिइनेछ

तालिबान वरिष्ठ अधिकारी भन्छन्- अफगानिस्तानमा फेरि हात-खुट्टा काट्ने सजाए दिइनेछ

तालिबान शासनमा धर्मको पालना सुनिश्चित गर्ने मन्त्रालयका प्रमुख मुल्ला नूरूद्दीन तुराबीले अफगानिस्तानमा एक पटक फेरि अपराधका लागि मृत्युको सजाए तथा हात खुट्टा काट्ने सजाएको व्यवस्था गरिने बताएका छन्।
 |  शनिबार, असोज ९, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज ९, २०७८

काठमाडौं- तालिबान शासनमा धर्मको पालना सुनिश्चित गर्ने मन्त्रालयका प्रमुख मुल्ला नूरूद्दीन तुराबीले अफगानिस्तानमा एक पटक फेरि अपराधका लागि मृत्युको सजाए तथा हात खुट्टा काट्ने सजाएको व्यवस्था गरिने बताएका छन्।

National life

दुई दशक पहिले तालिबानको शासनका दौरान अपराधका लागि कठोर सजाए दिने मुल्ला नूरूद्दीन यतिबेला अफगानिस्तानका जेलको जिम्मेवारी सम्हालिरहेका छन्।

उनले समाचार एजेन्सी एपीलाई भनेका छन्, 'आवश्यक पर्‍यो भने मानिसको शरीरका अंग काट्ने सजायलाई फेरि लागू गर्न सकिन्छ।'

उनले १९९० को दशकमा तालिबानको सरकारको पालामा अपराधिलाई यस्तो सजाय सार्वजनिक स्थलमा दिइन्थ्यो। तर, नयाँ शासनका क्रममा यस्तो भने गरिने छैन।

उनले तालिबान शासन कठोर हुने टिप्पणी भइरहेको प्रति आपत्ति जनाएका छन्। 'हामीलाई कानुन कस्तो हुनुपर्छ भनेर सिकाइरहनु पर्दैन,' उनले  भनेका छन्।

Laxmi sunrise bank
kumari

यस वर्ष १५ अगस्टमा अफगानिस्तानमा कब्जा जमाएको तालिबानले आम नागरिकका लागि सख्त कुनै कानुन लागू नगर्ने जनाएको थियो। तर, देशका थुप्रै स्थानमा मानवअधिकार हनन् तथा मानिससँगको बर्बर व्यवहारका खबरहरू आइरहेका छन्।

आइतबार ह्युमन राइट्स वाचले चेतावनी दिएकी थियो की, 'हेरातमा तालिबानले हाइप्रोफाइल महिलाहरूलाई खोजी रहेको छ। महिलाहरूलाई घर बाहिर जानबाट बन्देज लगाइरहेको छ। उनीहरूको पोसाकलाई लिएर पनि प्रतिबन्ध लगाइरहेको छ।' 

प्रकाशित: Sep 25, 2021| 07:37 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।