मंगलबार, साउन १९, २०८३

सर्वोच्चको आदेशपछि चिकित्साशास्त्रतर्फको स्नातकोत्तर प्रवेश परीक्षा स्थगित

सर्वोच्च अदालको अन्तरिम आदेशपछि चिकित्साशास्त्र तर्फको स्नातकोत्तर (पीजी) तह को एकीकृत प्रवेश परीक्षा स्थगित भएको छ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशपछि चिकित्साशास्त्रतर्फको स्नातकोत्तर (पीजी) तह को एकीकृत प्रवेश परीक्षा स्थगित भएको छ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले आगामी २७, २८, २९ असोजमा लिने गरी तयारी गरेको थियो। 

तर सर्वोच्चको आदेशपछि आयोगले सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि प्रवेश परीक्षा  स्थगित भएको जनाएको छ। 

आयोगले एमडी, एमएस, एमडीएस, एएपीएच,  एमएन, एमएससी नर्सिङ, एम फर्मालगायतका विषयमा प्रवेश परीक्षाको तयारी गरेको थियो।

सर्वोच्चले परीक्षासम्बन्धी कार्य अघि नबढाउन आदेश जारी गरेपछि आयोगले परीक्षाको कार्यक्रम स्थगित गरेको आयोगका सदस्य सचिव दुर्गा कँडेलद्वारा जारी सूचनामा उल्लेख छ। 

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न  सूचना जारी गरेको थियो।

प्रकाशित: Oct 09, 2020| 05:08 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्