शनिबार, असोज १७, २०८३

एभरेस्ट बैंकको सीईओमा खालिङ नियुक्त

खालिङले पनि आफ्ना अनुभवले भ्याएसम्म सबै काम गरेर बैंकलाई सफल पार्न लागि पर्ने बताए। बैंकमा कार्यरत कर्मचारी, व्यवस्थापन र ग्राहकलाई सन्तुष्टि दिन बैंक सफल भए आफ्ना लागि त्यो अर्को सम्पत्ति थप हुने भएकाले त्यसका लागि आफू प्रतिबद्ध भएको बताए।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं- एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ नियुक्त भएका छन्। ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभव लिएका खालिङले असोज ८ गतेदेखि औपचारिक रूपमा एभरेस्ट बैंकमा जिम्मेवारी बहन गर्न सुरु गरेका हुन्। 

खालिङको नियुक्तिपछि बैंकले अझै उचाई प्राप्त गर्ने व्यवस्थापनले विश्वास व्यक्त गरेको छ। खालिङले पनि आफ्ना अनुभवले भ्याएसम्म सबै काम गरेर बैंकलाई सफल पार्न लागि पर्ने बताए। बैंकमा कार्यरत कर्मचारी, व्यवस्थापन र ग्राहकलाई सन्तुष्टि दिन बैंक सफल भए आफ्ना लागि त्यो अर्को सम्पत्ति थप हुने भएकाले त्यसका लागि आफू प्रतिबद्ध भएको बताए। 

बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको बैंकको दाबी छ। बैंकले आफ्ना देशभरका १०५ शाखाबाट सेवा दिइरहेको छ।

बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 

प्रकाशित: Sep 24, 2021| 23:31 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्