शुक्रबार, फागुन २९, २०८२

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

भारतका उपभोक्ता, खाद्य एवम् सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं-  भारतका उपभोक्ता, खाद्य एवम् सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ।

National life

पासवानको बिहीबार साँझ निधन भएको उनका छोरा चिराग पासवानले ट्विट गरेर जानकारी दिएका छन्।

लोक जनशक्ति पार्टीका ७४ वर्षीय संरक्षक पासवानको केही ीदन पहिले मुटुको शल्यक्रिया भएको थियो। 

पाँच दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय पासवान भारतका चर्चित दलित नेतामध्येका एक थिए। 

उनी सन् १९६९ मा पहिलोपटक बिहार विधानसभामा आरक्षित निर्वाचन क्षेत्रबाट संयुक्त सोशलिस्ट पार्टीको सदस्यका रुपमा पुगेका थिए। 

Laxmi sunrise bank
kumari

सन् १९७४ मा समाजवादी नेता राज नारायण र जेपीका प्रबल अनुयायीका रुपमा पासवान लोकदलका महासचिव बनेका थिए। सन् १९७७ मा लोकसभामा पुगेपछि उनी आठ पटक उक्त सदनको सांसद बने। 
पासवानले सन् २००० मा लोकजनशक्ति पार्टीको स्थापान गरेका थिए।

उनी पाँचवटा प्रधानमन्त्रीको कार्यकालमा केन्द्रीय मन्त्री थिए। हाल उनको दल उनका छोरा चिराग पासवानले सञ्चालन गरिरहेका छन्।
 

प्रकाशित: Oct 08, 2020| 17:15 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।