बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलको अंकतालिकामा अघि–पछि रहेका चेन्नई र कलकत्ता आज भिड्दै

आईपीएलको अंकतालिकामा अघि–पछि रहेका चेन्नई र कलकत्ता आज भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा चेन्नई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आजको खेलमा चेन्नई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।

National life

अबुधाबीमा साँझ पौने ८ बजे सुरु हुने खेलमा चेन्नई र कलकत्तालाई अंकतालिका सुधारका हिसाबले महत्वपूर्ण रहने छ।

जारी सिजनमा समान ४–४ अंकका साथ कलकत्ता चौथो र चेन्नई पाँचौं नम्बरमा छन्। कोलकत्ताले चार खेलमा दुई खेल जितेर चार अंक बनाएको हो भने चेन्नईले पाँच खेलमा दुई जित हात पार्दै ४ अंक बनाएको हो।

चेन्नईले पछिल्लो पाँच मध्ये तीन खेलमा कोलकत्तालाई हराएको छ। १२ औं सिजनमा दुई खेल हुँदा दुवै खेल चेन्नईले जितेको थियो।

कोलकत्ताका भरपर्दा खेलाडी अहिलेसम्म फर्ममा नरहेका कारण उसको प्रदर्शन खास छैन। कप्तान दिनेश कार्तिक र अलराउन्डर आन्द्रे रसेलजस्ता महत्वपूर्ण खेलाडी भए पनि उनीरुले यो सिजन क्रमशः ३७ र ४८ रनमात्र बनाएका छन्। यसकारण कप्तान कार्तिक दबाबमा रहनेछन्।

Laxmi sunrise bank
kumari

यता चेन्नई भने पछिल्लो खेलको प्रदर्शनसँगै खेलमा फर्कने प्रयास गरिरहेको छ। उसका ओपनिङ ब्याट्सम्यानले पछिल्लो खेलमा क्लबका लागि कीर्तिमान बनाएका थिए। फाफ डू प्लेसिस र शेन वाट्सनले १८१ रनको साझेदारी गरेका थिए।

त्यसैले यूएईको मैदानमा चेन्नईको प्रदर्शन अप्रत्यासित छ। उसले एक खेलमा बलियो मुम्बईलाई हराएको छ भने अर्को खेलमा कीर्तिमानी साझेदारी गरेको छ। तीन खेलमा भने पराजित बनेको छ।

आईपीएल इतिहास हेर्दा चेन्नई सर्वाधिक आठ पटक फाइन पुगेर तीन टाइटल जितेको टिम हो भने कोलकत्ता दुई उपाधि जितेको फ्रेन्चाइज क्लब हो। 

अबुधाबीमा आज राति आकास सफा रहनेछ भने तापक्रम २८ देखि ३८ डिग्री सेल्सियस रहने अनुमान छ।

आजको सम्भावित प्लेइङ ११ः

कलकत्ता: दिनेश कार्तिक (कप्तान), शुभमन गिल, नितिश राणा, इयोन मोर्गन, साहुल त्रिपाठी, सुनिल नरेन, आन्द्रे रसेल, पट कमिन्स, वरुण चर्कवर्ती, शिवम् मावी र कमलेश नगरकोटी

चेन्नई: मेहन्द्र सिंह धोनी (कप्तान), शेन वाट्सन, फाफ डूप्लेसिस, अम्बाती रायडू, केदार जादव, ड्वेन ब्रावो, रविन्द्र जाडेजा, सम करन, शार्दुल डाकुर, पियुष चावला र दिपक चाहर
 

प्रकाशित: Oct 07, 2020| 11:36 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।