बुधबार, चैत ४, २०८२

मुम्बईमा पानीपुरी बेचेर क्रिकेटर बनेका हुन् यशस्वी

भारतका किशोर ब्याट्सम्यान यशस्वी जयसवालले क्रिकेटको सपना पूरा गर्नका लागि सडकमा पानी पूरी बेचे र टेन्टमुनि बसे। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

भारतका किशोर ब्याट्सम्यान यशस्वी जयसवालले क्रिकेटको सपना पूरा गर्नका लागि सडकमा पानी पूरी बेचे र टेन्टमुनि बसे। 

National life

उनलाई आईपीएलका लागि राजस्थान रोयल्सले ठूलो रकममा किनेको छ। 

१८ वर्षका यशस्वीले यू– १९ वर्ल्ड कपका ६ वान डे म्याचमा ४०० रन बनाएका छन्। तर, राजस्थान रोयल्ससँग जोडिएपछि उनी झनै चम्किएका छन्। करिब चार करोड रुपैयाँ लिएर राजस्थान रोयल्समा जोडिएका यशस्वी नयाँ खेलाडीमा सबैभन्दा महँगा हुन्। 

आज उनको ख्याती थाहा पाउनेहरुलाई केही वर्ष पहिले उनले कस्तो अवस्थामा दिन विताएका थिए भन्ने पत्याउन गाह्रो हुन्छ। 

११ वर्षको उमेरमा उत्तरप्रदेशको सानो सहरबाट मुम्बई पुगेका यशस्वीलाई सबैभन्दा ठूलो समस्या बस्नका लागि वास खोज्ने थियो। 

Laxmi sunrise bank
kumari

अहिले उनी यूएईमा आईपीएल खेलिरहेका छन्। यशस्वीले समाचार एजेन्सी एएफपीलाई भनेका छन्, ‘सुरुमा बस्ने ठाउँ खोज्नै मुश्किल भएको थियो। पहिले एउटा डेरीमा सुत्थेँ, पछि काकाको घरमा।

तर, काकाको घर निकै साँघुरो भएकोले उहाँले मलाई अरु नै ठाउँमा जान भन्नुभयो। त्यसपछि म आजाद मैदान नजिक एउटा पालमुनि सुत्न थालेँ। दिनभर त्यहीँ क्रिकेट खेल्थेँ।’

आफ्नो खर्च चलाउन उनले सानातिना काम गर्न थाले। उनी भन्छन्, ‘खर्च जुटाउन राति पानीपुरी बेच्थेँ।’

यशस्वीले क्रिकेटमा स्कोरिङ र क्लब गेम्सका लागि बल उठाउने काम पनि गरे। 

विस्तारै उनको मेहनतले परिणाम दिन थाल्यो, उनले मुम्बईको टिममा ठाउँ पाए र विश्वको सबैभन्दा युवा ब्याट्सम्यान बन्न पुगे। 

१७ वर्ष २९२ दिनको उमेरमा उनले वन डे म्याचमा दाहोरो शतक बनाएर रेकर्ड बनाए।

राजस्थान रोयल्सले उनलाई आधार मूल्य (बेस प्राइस) भन्दा १२ गुणा धेरै रकम दिएर टिममा सामेल गरायो। अहिले आईपीएलका दुई म्याचमा भने उनले केही खास गर्न सकेका छैनन्।

शारजाहमा खेल सुरु हुनुअघि महेन्द्र सिंह धोनीलाई हात जोडेर नमस्कार गर्ने यशस्वी अहिले जोस बट्लर, जोफ्रा आर्चर र स्टिभ स्मिथ जस्ता खेलाडीसँग ड्रेसिङ रुम सेयर गरिरहेका छन्।

यशस्वी भन्छन्, ‘यी सबै महान खेलाडीसँग कुरा गर्नु मेरा लागि आफैँमा ठूलो उपलब्धि हो। म सबैसँग कुरा गर्छु र आफ्नो खेल राम्रो बनाउनका लागि उनीहरुसँग सिक्ने प्रयासमा हुन्छु। स्टिभ स्मिथ निकै सहयोगी छन्। म उनलाई केही पनि सोध्न सक्छु। म उनको अनुभवबाट सिक्ने प्रयास गरिरहेको छु।’

यू– १९ मा यस वर्ष प्लेयर अफ द टूर्नामेन्ट भएका यशस्वी यू- १९ वर्ल्ड कपमा पनि प्लेयर अफ द टुर्नामेन्ट भएका थिए। भारतीय टिम यस वर्ष टुर्नामेन्टको उपविजेता थियो।

यशस्वी आफ्नो खेलका लागि कोच ज्वाला सिंहलाई श्रेय दिन्छन् जसले मुम्बईमा अप्ठ्यारो पर्दा उनलाई साथ दिएका थिए।

उनी भन्छन्, ‘मैले यहाँ अभ्यास सुरु गरेको थिएँ त्यसैबेला पेन्टको पसल गर्ने मेरो बुवाले भन्नुभयो– हिँड अब घर फिर्ता जाउँ। म मुम्बईमा नै बस्न चाहन्थेँ। एक दिन अभ्यासपछि कोच ज्वालालाई भेट्न गएँ र उहाँलाई मैले बस्ने ठाउँ खोजिदिन र खेलमा सहयोग गर्न अनुरोध गरेँ। एउटा खेलाडीका रुपमा उहाँले मलाई निकै सहयोग गर्नुभयो।’

उनका कोच ज्वाला सिंंह आफैँ पनि स्टेट लेभलको क्रिकेट खेल्थे तर, पैसा र गाइडेन्सको कमीका कारण उनलाई खेल छोड्नु परेको थियो। 

ज्वाला सिंह भन्छन्, ‘मैले यशस्वीमा आफ्नो जवानीको दिन देखिरहेको छु। मलाई विश्वास छ उसले उच्च स्तरको प्रदर्शन गर्नेछ।’

धेरै युवा खेलाडीजस्तै यशस्वीले पनि सचिन तेन्दुलकरलाई आफ्नो प्रेरणा मान्छन्। यद्यपि उनी भन्छन्, ‘मेरो ध्यान आफ्नो नियन्त्रणमा रहने चिजमा हुन्छ र म भविष्यका बारे धेरै चिन्ता गर्दिनँ।’
एएफपी

प्रकाशित: Oct 07, 2020| 10:55 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।