बुधबार, चैत ११, २०८२

१२० देशमा मानसिक स्वास्थ्य सेवा प्रभावित

रिपोर्टका अनुसार कोभिड– १९ ले स्नायू र मानसिक जटिलतालाई जन्म दिनसक्छ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं-  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले १३० देशमा मानसिक स्वास्थ्य सेवामाथि कोभिड– १९ को असरबारे अध्ययन गरेको छ। 

National life

डब्ल्यूएचओको ताजा सर्वेक्षण अनुसार कोभिड– १९ महामारीले ९३ प्रतिशत देशको मानसिक स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ। योसँगै मानसिक स्वास्थ्यमा थप ध्यान दिनुपर्ने भएको छ। 

डब्ल्यूएचओको रिपोर्टमा पहिलेदेखि मानसिक स्वास्थ्य सेवामा रहेका कमजोरीका बारे जानकारी दिंदै भनिएको छ, ‘महामारीअघि विश्वभरका देशहरुले मानसिक स्वास्थ्यमा आफ्नो कुल स्वास्थ्य बजेटको २ प्रतिशतभन्दा पनि कम खर्च गरिरहेका थिए। अहिले कोभिड– १९ को महामारीले मानिसक स्वास्थ्य सेवाको माग अझै बढेको छ।’

आघात (शोक), एकान्त, आमदानीमा कमी र त्रासका कारण मानसिक स्वास्थ्यमा असर परेको छ। 

रिपोर्टका अनुसार कोभिड– १९ ले स्नायू र मानसिक जटिलतालाई जन्म दिनसक्छ। पहिलेदेखि मानसिक, स्नायू सम्बन्धी विकार वा त्यसप्रकारका औषधको सेवन गर्ने मानिसहरुमा कोरोनाभाइरस संक्रमणको सम्भावना अधिक हुन्छ।

Laxmi sunrise bank
kumari

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहोमले मानसिक स्वास्थ्य सेवा पाउनु प्रत्येक व्यक्तिको मौलिक अधिकार भएको बताएका छन्। उनले कोभिड– १९ ले विश्वभरमा मानसिक स्वास्थ्य सेवामा अवरोध पुर्‍याएको र विश्वका नेताहरुले मानसिक स्वास्थ्य कार्यक्रममा धेरैभन्दा धेरै लगानी गर्न आग्रह गरेका छन्। 

यो सर्वेक्षण जुनदेखि अस्त २०२० सम्म डब्ल्यूएचओका ६ क्षेत्रका १३० देशमा गरिएको थियो। यसमा कोभिड– १९ का कारण मानसिक र स्नायूसम्बन्धी सेवामा आएको अवरोध र सम्बन्धित देशले यी चुनौती पार गर्न के गरिरहेका छन् भन्नेबारे मुल्यांंकन गरिएको छ। 

मानसिक स्वास्थ्य सेवामा परेको असरः

बालबालिका र किशोरकिशोरीमा ७२ प्रतिशत, वयस्कमा ७० प्रतिशत र महिलाको प्रसवपूर्व र प्रसवपछिको सेवामा ६१ प्रतिशतसहित कुल ६० प्रतिशतभन्दा धेरैले मानसिक स्वास्थ्य सेवाको अवसर पाउन नसकेकोे बताएका छन्। 
६७ प्रतिशतले परमार्श र मनोचिकित्साको सेवा लिन नपाएको, ६५ प्रतिशतले यस्तो सेवा नपाउँदा क्षति भएको उल्लेख गरेका छन्। 

३५ प्रतिशतले आकस्मिक सेवा नपाएको गुनासो गरेका छन्। यस्तो बताउनेहरुमध्ये अधिकांशलाई पहिलेदेखि नै मानसिक स्वास्थ्य सम्बन्धी आकस्मिक सेवा चाहिराख्थ्योे। 

३० प्रतिशतले मानिसक, स्नायू विकारसम्बन्धी औषधिको प्रयोगमा समस्या रहेको बताएका छन्। 

करिब तीन–चौथाईले विद्यालय र कार्यस्थलमा मानसिक स्वास्थ्य सेवामा क्रमशः ७८ र ७५ प्रतिशत समस्या रहेको बताएका छन्। जबकि, ७० प्रतिशत देशले यी सेवामा आएका व्यवधान हटाउन टेलिमेडिसिन वा टेलिथेरापी अपनाएका छन्। डब्ल्यूएचओले सबै देशहरुलाई मानसिक स्वास्थ्य सेवा प्रवाह जारी राख्न आग्रह गरेको छ। 

८९ प्रतिशत देशहरुले मानसिक स्वास्थ्य उनीहरुको योजनाको हिस्सा भएको बताएका छन् तर, यीमध्ये १७ प्रतिशत देशले मात्रै उक्त कार्यकालागि आफूसँग अतिरिक्त रकम भएको बताएका छन्। 

डब्ल्यूएचओले मानसिक स्वास्थ्यमा राष्ट्रिय स्वास्थ्य बजेटको २ प्रतिशत मात्र खर्च गर्नु पर्याप्त नभएको बताएको छ। 
कोभिड– १९ भन्दा पहिलेका अध्ययन अनुसार अवसाद र चिन्ताका कारण मात्रै विश्वभर आर्थिक उत्पादकत्वमा प्रतिवर्ष करिब १ ट्रिलियन अमेरिकी डलर बराबरको क्षति पुग्छ। 
 

प्रकाशित: Oct 07, 2020| 09:00 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्