बिहीबार, वैशाख ३१, २०८३

बलिउड अभिनेत्री रिया धरौटीमा रिहा

 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

एजेन्सी– बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण हुँदै ड्रग्स मुद्दामा मुछिएकी भारतीय अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा भएकी छन्।

National life

मुम्बई उच्च अदालतले उनलाई सशर्त जमानत दिएको हो।

रियाका भाइ शोविकले गरेको जमानतको अपिल भने अदालतले अस्वीकार गरेको छ। 

रिया एक लाख रुपैयाँ र पासपोर्ट धरौटीमा राखेर साथै अनुसन्धान अधिकारीले खोजेको बेला हाजिर हुने सर्तमा रिहा भएकी हुन्।

उनले मुम्बईभन्दा बाहिर जान पनि अनुमति लिनुपर्ने छ।

११ सेप्टेम्बरमा एक विशेष अदालतले उनीहरुको जमानतको निवेदन खारेज गरेको थियो। रिया ८ सेप्टेम्बरमा पक्राउ परेकी थिइन्।

सुशांत सिंह राजपूतको आत्महत्याबारे अनुसन्धान भइरहँदा रियामाथि लागू औषध खरिद गरेको अभियोग लागेको छ।

अदालतले सुशान्त सिंहको घरमा काम गर्ने दिपेश सावन्त र स्यामुअल मिरान्डालाई पनि जमानत दिएको छ।

प्रकाशित: Oct 07, 2020| 07:15 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्