मंगलबार, साउन १९, २०८३

शिक्षण संस्थाको परीक्षा सञ्चालन गर्न सरकारको स्वीकृति

काठमाडौं– सरकारले शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– सरकारले शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्। 

कोरोना भाइरस संक्रमण जोखिमका कारण विगत सात महिनादेखि शिक्षण संस्था बन्द छन् भने कुनै पनि परीक्षा सञ्चालन हुन सकेको छैन। सरकारले देशभर बिस्तारै कोरोना संक्रमण कम हुँदै गएको निष्कर्ष निकाल्दै परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको हो।

यसका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने छ। 

ज्ञवालीले भने, ‘परीक्षा सम्बन्द्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ।’ 

प्रकाशित: Oct 07, 2020| 06:30 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्