शुक्रबार, फागुन २९, २०८२

भारतमा घट्दो दरमा कोरोना संक्रमण 

भारतमा पछिल्लो एक सातायता कोरोना संक्रमण घटदो दरमा देखिएको छ। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं- भारतमा पछिल्लो एक सातायता कोरोना संक्रमण घटदो दरमा देखिएको छ। 

National life

गत सेप्टेम्बर १९ मा एकै दिन आजसम्मकै उच्च ९७ हजार ८ सय ५९ जनामा कारोना देखिए पनि यो दर कम हुँदै गएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

सेप्टेम्बर ३० मा ८६ हजार सात सय ४८ जना संक्रमण देखिँदा मंगलबार (अक्टुबर ६) भने सो संख्याभन्दा १४ हजार ६ सयभन्दा कम अर्थात ७२ हजार एक सय ६ जनालाई मात्र संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सेप्टेम्बर अन्तिमतिर संक्रमणको दर घटबढ भइरहे पनि अक्टुबर १ यता भने निरन्तर घट्दो क्रममा रहेको मन्त्रालयले उल्लेख गरेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अक्टुबर १ मा भारतमा ८१ हजार ६ सय ९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। 

Laxmi sunrise bank
kumari

अक्टुबर २ मा संक्रमित हुनेको संख्या ७९ हजार नौ सय ७४ मा झरेको थियो। अक्टुरब ३ मा भारतमा ७५ हजार चार सय ७९ जना संक्रमित भएका थिए।

४ अक्टुबरमा ७४ हजार सात सय ६७ जना संक्रमित भएका थिए भने अक्टुबर ५ मा भारतमा संक्रमित हुनेको संख्या ५९ हजार आठ सय ९३ मा झरेको थियो। 

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ६ अक्टुबरमा भने संक्रमितको संख्या बढेको छ। मंगलबार भारतमा ७२ हजार एक सय ६ जना संक्रमित थपिएका छन्। 

बुधबार विहानसम्म भारतमा कूल ६७ लाख ५४ हजारभन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ।

संक्रमितमध्ये ५७ लाख ४१ हजारभन्दा बढी निको भएर घर फर्किसकेका छन्। भारतमा बुधबार विहानसम्म एक लाख चार हजार पाँचसय जनाको ज्यान गए पनि केही संक्रमणको दर भने घट्दो क्रममा छ।

भारतमा सक्रिय संक्रमित भने १३.७५ प्रतिशत अर्थात नौ लाख १९ हजार २३ जना मात्रै छन्। भारतमा निको हुनेको दर ८४.७० प्रतिशत छ भने मृत्यु दर १.५५ रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Oct 07, 2020| 04:05 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।