मंगलबार, चैत ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • पत्रकारलाई सूचना दिएको भन्दै नगर प्रमुखद्वारा कर्मचारीमाथि हातपात

पत्रकारलाई सूचना दिएको भन्दै नगर प्रमुखद्वारा कर्मचारीमाथि हातपात

धनुषाको विदेह नगरपालिकाका नगरप्रमुख वेचन दासले एक कर्मचारीमाथि हातपात गरेका छन्।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

जनकपुरधाम- धनुषाको विदेह नगरपालिकाका नगरप्रमुख वेचन दासले एक कर्मचारीमाथि हातपात गरेका छन्। 

health

सञ्चारकर्मीहरुलाई नगरपालिकामा हुँदै आइरहेको अनियमितताको विषयमा जानकारी गराएको भन्दै नगरपालिकाका कर्मचारी चन्देश्वर ठाकुरमाथि उनको आफ्नै कार्यकक्षमा हातपात भएको हो। नगरप्रमुख दाससँगै उनका कार्यकर्ता विदेह नगरपालिका वडा नम्बर ५ का शत्रुधन राय र अंगद रायले समेत उनीमाथि हातपात गरेका हुन्। 

म कार्यालयमा काम गरिरहेको थिएँ, मेयर साहब मेरो कार्यकक्षमा आइपुगे। कार्यकक्षमा उनको दुई जना कार्यकर्ता शत्रुधन राय र अंगद राय समेत सँगै आए। मेयर साहबसँगै दुवै जनाले मिलेर तिघ्रामा लाटीले पिटे,’ ठाकुरले भने, ‘सञ्चारमाध्यममा नगरपालिकामा हुने अनियमितताका समाचारहरु तैँले नै सम्प्रेषण गराइस् भन्दै मेयर साहबले धक्कामुक्की गरे। शत्रुधन र अंगदले लातीले पिटे।’ केही दिन अगाडि मात्रै बाख्रा वितरणमा व्यापक अनियमितता भइरहेको भन्दै सामाचारहरु बाहिरिएका थिए। चन्देश्वर ठाकुर कृषि अधिकृतको रुपमा विगत ४ वर्षदेखि विदेह नगरपालिकामा कार्यरत छन्। 

चन्देश्वरले नगरपालिकाबाटै दमकल वितरण, प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए। सो कार्यक्रम सञ्चालन गरेबापत मेयरले १२ लाख रुपैयाँ कमिशन मागेको आरोप ठाकुरले लगाए। उनले भने, ‘मेयर साहेबले कमिशन माग्दै आइरहेका थिए। मैले अनियमित काम गर्दिन भन्दै आइरहेको थिएँ। त्यसैले कार्यकर्ता बोलाएर पिट्न लगाए।’

उनका अनुसार मलखादको डिलरका फाइलहरु यसअघि नै उनले बुझाइसकेका थिए तर सोही फाइललाई इस्यु बनाएर मेयर  जाइलागेका हुन्। ठाकुरले भने, ‘आफूमाथि भएको हातपातको विषयमा अधिकृतलाई समेत जानकारी गराएँ तर कुनै रेस्पोन्स लिनु भएन।’

पिट्ने मध्येका एक शत्रुधन राय माओवादी केन्द्रका कार्यकर्ता हुन्। उनी विदेह नगरपालिका वडा नम्बर ५ बाट वडाध्यक्षका लागि चुनाव समेत लडेका थिए। यता नगरपालिकाका प्रशासकीय अधिकृत सञ्जिवकुमार साहले कुनै कर्मचारीमाथि हातपात नभएको बताए। नगर प्रमुखलाई बदनाम गर्नकै लागि झुठो अफवाह फैलाइएको दावी उनले गरे।

प्रकाशित: Sep 24, 2021| 18:47 शुक्रबार, असोज ८, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।