मंगलबार, साउन १२, २०८३

तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार वैज्ञानिक सर रोजर पेनरोज, आन्द्रेया गेज र रिइनहार्ड गेन्जेललाई प्रदान गरिने भएको छ। 
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं- यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिक सर रोजर पेनरोज, आन्द्रेया गेज र रिइनहार्ड गेन्जेललाई प्रदान गरिने भएको छ। 

‘ब्ल्याक होल’का  बारे स्पष्ट जानकारी प्राप्त हुने गरी गरेको खोजका लागि उनीहरुलाई यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार दिइने भएको हो।  

तीन विजेताले पुस्कार बापतको ८ लाख ६४ हजार २०० पाउण्ड रकम आपसमा बाँड्ने बताइएको छ।  

भौतिकशास्त्रको नोबेल पुरस्कार कमिटिका प्रमुख डेविड हाविल्याण्डले यो वर्षको पुरस्कारले ब्रह्माण्डमा रहेको अनौठो बस्तुलाई विशेष रुपमा सेलिब्रेट गरेको बताएका छन्।

अन्तरिक्षमा गुरुत्वाकर्षण अति शक्तिशाली भएको क्षेत्रलाई ब्ल्याक होल भन्ने गरिन्छ।  
 

प्रकाशित: Oct 07, 2020| 01:31 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।