मंगलबार, साउन १२, २०८३

फेसबुकले हटाइदियो ट्रम्पको पोस्ट

अमेरिकी कम्पनी फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा पोस्ट हटाइदिएको छ। कोरोना भाइरस फ्लु (रुघा) भन्दा कम घातक हो भन्ने ट्रम्पको पोस्ट फेसबुकले हटाइदिएको हो।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

अमेरिकी कम्पनी फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा पोस्ट हटाइदिएको छ। कोरोना भाइरस फ्लु (रुघा) भन्दा कम घातक हो भन्ने ट्रम्पको पोस्ट फेसबुकले हटाइदिएको हो।

ट्रम्पले लेखेका थिए, ‘अमेरिकाले फ्लुको सिजनका साथ बाँच्न सिकेको छ। यद्यपि हामीले कोभिडका साथ बाँच्न सिकिरहेका छौं, अधिकांश जनसंख्यामा यो निकै कम घातक छ।’

ट्रम्पले यही कुरा ट्वीट पनि गरेका थिए। ट्वीटरले पनि उनको यो पोस्ट हटाइदिएको छ। 

फेसबुकका एक प्रबन्धक एण्डी स्टोनले कोभिड १९ बारेको गलत जानकारी हटाउने नीतिअनुसार ट्रम्पको पोस्ट हटाएको बताएका छन्। 

यसअघि पनि फेसबुकले ट्रम्पको पोस्ट हटाएको थियो। ट्वीटरले पनि पोस्ट डिलिट गर्ने चेतावनी दिइसकेको छ। ट्रम्पले सामाजिक सञ्जालको कारबाहीप्रति आपत्ति जनाएका छन्। 

प्रकाशित: Oct 07, 2020| 01:08 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।