आइतबार, असार २८, २०८३

सानदार जितसँगै मुम्बई इन्डियन्स आईपीएलको शीर्षस्थानमा

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि ५७ रनको जित निकालेको छ।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि ५७ रनको जित निकालेको छ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य पछ्याएको राजस्थान भने १८.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३६ रनमा समेटियो।

जितका लागि सूर्यकुमार यादवले सर्वाधिक ७९ रन जोडे भने क्विन्टन डिकक र रोहित शर्माले २३ र ३५ रन बनाए। त्यस्तै, हार्दिक पाण्ड्या ३० रनमा नट आउट रहे।
राजस्थानका श्रेयस गोपालले दुई विकेट लिए।

जवाफी ब्याटिङमा आएको राजस्थानले खराब सुरुवात गर्यो। उसले जयश्वी जैसवाल, स्टिभ स्मिथ र सन्जु समसन जस्ता खेलाडी १२ रनमै गुमायो। राजस्थानका जस बटलरले सर्वाधिक ७० रनको पारी खेले। त्यस्तै, जोफ्रा आर्चरले २४ रन जोड्नुबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

मूम्बईका लागि भने जसप्रित बुमराहले चार विकेट लिए भने ट्रेन्ट बोल्ट र जेम्स पटिन्सले समान २–२ विकेट लिए।
 

प्रकाशित: Oct 07, 2020| 00:31 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।