बुधबार, चैत ४, २०८२

घाइते खेलाडी भण्डारीका लागि सिप्यानको ६ लाख २८ हजार सहयोग

क्रिकेट खेलाडी संघ (सिप्यान)ले ग्राण्डी अस्पतालमा उपचाररत राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारीको उपचारका लागि ६ लाख २८ हजार रुपैयाँ सहयोग गरेको छ।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं– क्रिकेट खेलाडी संघ (सिप्यान)ले ग्राण्डी अस्पतालमा उपचाररत राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारीको उपचारका लागि ६ लाख २८ हजार रुपैयाँ सहयोग गरेको छ।

National life

सिप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले घाइते खेलाडीको उपचारका लागि आज (मंगलबार) चेक हस्तान्तरण गरेका हुन्।  उसले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘क्रिकेट खेलाडी संघको तर्फबाट अध्यक्ष मनिष राज पाण्डे,  महासचिव पारस खड्का र कोषाध्यक्ष पृथु वास्कोटा सहितको उपस्थितिमा उपचारत राष्ट्रिय क्रिकेट खेलाडी ललित सिंह भण्डारीलाइ संकलित ६ लाख २८ हजार रकम उपचारको लागि हस्तान्तरण गरेका छौ।’

संघले सहयोगमा साथ दिने सबैलाई धन्यवादसमेत व्यक्त गरेको छ।

गत महिनाको २८ गते(आइतबार) दुर्घटनामा परी घाइते भएका क्रिकेटर भण्डारीलाई थप उपचारका लागि भदौ २९ गते(सोमबार) काठमाडौं ल्याइएको थियो। अहिले उनको थप उपचारका लागि ग्राण्डी सिटी अस्पतालमा राखिएको छ।

भण्डारी कञ्चनपुरस्थित झलारीमा मोटर साइकल दुर्घटनामा परी घाइते भएका थिए। उनलाई धनगढी स्थित निःसर्ग अस्पतालमा सामान्य उपचार पश्चात् आइतबार राति बाँकेस्थित नेपालगन्ज मेडिकल कलेजमा रिफर गरी थप उपचार गरिएको थियो।

Laxmi sunrise bank
kumari

उनको उपचारका लागि सिप्यानले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

प्रकाशित: Oct 06, 2020| 12:23 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।