काठमाडौं– आज (मंगलबार) राति पौते ८ बजे इन्डियन प्रिमियर लिग (आईपीएल)को २० औं खेल हुँदैछ। आजको खेलमा विगत दुई सिजनबाट मुम्बईसँग अपराजित राजस्थान रोयल्सले त्यही मुम्बईसँग प्रतिस्पर्धा गर्दैछ।
अबुधाबीमा हुने खेलमा मुम्बई जितका साथ शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ भने राजस्थान अंकतालिकामा स्थान सुधार गर्ने ध्येयमा हुनेछ। जारी सिजनमा मुम्बईले पाँच खेलबाट तीन खेल जितेको छ भने राजस्थानले चार खेलमा समान २ हार र २ जित बनाएको छ।
राजस्थानले सुरुवाती दुवै खेल शारजहामा जितेको थियो। तर पछिल्लो दुवै खेलमा हार बेहोरेको टिम आज सामान्य बदलाबका साथ मैदान उत्रने विश्वास गरिएको छ। युवा खेलाडी यशस्वी जैसवाल जोस बटलरका साथ मैदान आउने आशा गरिएको छ।
त्यस्तै तिब्र बलर जयदेव उनादकटका ठाउँमा वरुण एरोन वा कार्तिक त्यागी आउने विश्वास गरिएको छ।
यता रोहित शर्माको मुम्बई सानदार फर्ममा छ। आईपीएलमा खराब सुरुवातपछि मुम्बईले सानदार पुनरागमन गरेको हो।
हार्दिक पाण्ड्या, इशान किसन र किरोन पोलार्डले लगातार रन बनाइरहेका छन्। यसकारण उनीहरुले आजको खेलमा पनि मैका पाउने छन्। पछिल्लो खेलमा त क्विन्टन डि ककले पनि रन बनाएका थिए। यसकारण आजको खेलमा राजस्थानलाई मुम्बई भारी पर्ने देखिन्छ।
आजको खेलमा मुम्बईले कसिलो बलिङ गरेमा राजस्थानलाई दबाबमा राख्न सक्नेछ। किनभने राजस्थान कप्तान स्टिभ स्मिथ, जस बटलर र सन्जु समसनमा अधिक भर परेको छ।
यता राजस्तानको बलिङमा भने जोफ्र आर्चरलाई मुख्य जिम्मेवारी रहनेछ। मुम्बईका विस्फोटक ब्याट्स्मेनअघि राजस्तानका श्रेयस गोपाल र टम करनले पनि जिम्मेवारी साझा गर्नुपर्ने हुन्छ।
आईपीएल इतिहास हेर्ने हो भने मुम्बई र राजस्थानबीच २२ खेल हुँदा दुवैले समान ११–११ खेल जितेका छन्। मुम्बईले चार पटक उपाधि जितेको छ भने राजस्थानले सुरुवाती सिजनमा उपाधि कब्जा गरेको थियो।
आज अबुधाबीको मौसम सफा रहने पूर्वानुमान छ। त्यस्तै, तापक्रम २८ देखि ३६ डिग्रीबीच रहने अनुमान छ। पिचले ब्याट्स्मेन र स्लो विकेट भएका कारण स्पिनर्स दुवैलाई सहयोग मिल्नेछ।
सम्भावित प्लेइङ ११ः
मुम्बईः रोहित शर्मा (कप्तान), क्विन्टन डिकक, ईशान किसन, सूर्यकुमार यादव, किरोन पोलार्ड, हार्दिक पाण्ड्या, क्रुणल पाण्ड्या, जेम्स पटिन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह
राजस्थानः स्टिव स्मिथ (कप्तान), सन्जु समसन, जोस बटलर, रबिन उथप्पा, रियान पराग, श्रेयस गोपाल, टम करण, महिपाल लोमरर, वरुण एरोन, जोफ्रा आर्चर र राहुल तेबतिया