बुधबार, चैत ११, २०८२

म्याद नाघेको खानेकुरा मन्द विषजस्तै: जनस्वास्थ्यविद् 

म्याद नाघेको खानेकुराले मुटु, कलेजो, मिर्गौलालगायत शरीरका महत्वपूर्ण अंगमा असर गर्छ। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं– भक्तपुरकी एलिना राउत अहिले चिन्तित छिन्। उनका १० वर्षीय छोरा र चार वर्षीय छोरीको दिनको सुरुवात नै बोर्नभिटा र ओरियो बिस्कुट खाएर सुरु हुन्छ। 

National life

बेलाबखत उनी छोराछोरीलाई स्निकर चक्लेट र ट्याङको सर्बत पनि खान दिन्छिन्। तर, यी खाद्य वस्तुहरु म्याद नाघेर अखाद्य भइसक्दा पनि पुनः लेबलिङ गरेर बजारमा आइरहेको थाहाएपछि उनको चिन्ता बढेको हो।

काठमाडौंको आयान डिस्ट्रिब्युटर्स र अमेजन डिस्ट्रिब्युटर्सले बालबालिकादेखि वृद्धसम्मले उपयोग गरिरहेका बजारमा नाम चलेका बोर्नभिटा, हरलिक्स, ओरियो बिस्कुट, स्निकर्स र मार्स जस्ता चक्लेट, प्रिंगल्स चिप्स, ट्याङ आदि म्याद नाघेपछि  पुनः लेवलिङ गरी बजारमा पठाउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो। दुबै डिस्ट्रिब्युटर व्यवसायिक घराना विशाल ग्रुपसँग जोडिएका छन्।

त्यसलगत्तै बजारमा म्याद गुज्रिएका सामाग्रीहरु छ्यापछ्याप्ती छन् भन्ने समाचारले एलिना जस्तै थुप्रै उपभोक्ताहरु चिन्तामा छन्। 

जनस्वस्थविद् डा.अरुणा उप्रेती मिति सकिएका सामाग्रीहरुको प्रयोग गर्दा कलेजोमा असर गर्ने बताउँछिन्। उनी भन्छिन्, ‘म्याद नाघेका यस्ता सामग्रीले मन्द विषको जस्तो काम गरिरहेका हुन्छन्। यिनको उपभोगबाट सम्पूर्ण स्वास्थ्यमा त असर पर्छ नै, खासगरी कलेजोमा क्षति पुर्‍याउँछ।’  

Laxmi sunrise bank
kumari

डा उप्रेतीका अनुसार ‘एक किन्दा अर्को सित्तैमा’ जस्ता स्किम ल्याएका खाद्य सामग्रीहरुको सामान्यतयाः प्रयोगमा ल्याउने मिति गुज्रिसकेको हुन्छ । उपभोक्ताहरुले नै यसबारेमा गम्भीर चासो र चिन्ता राख्नुपर्छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखा प्रमुख केदार पराजुली पनि म्याद सकिएका खाद्यवस्तुले शरीरमा विस्तारै असर पर्ने बताउँछन्। 

उनका अनुसार म्याद नाघेको खानेकुराले मुटु, कलेजो, मिर्गौलालगायत शरीरका महत्वपूर्ण अंगमा असर गर्छ। 

उनी भन्छन, ‘उपभोग मिति सकिएका सामग्रीले शरीरमा विस्तारै नकारात्मक असर पुर्‍याउँछन्। यस्ता खाद्यवस्तुमा भएको पोषण तत्व नष्ट भइसकेको हुन्छ र ती मन्द विषमा परिणत भइरहेका हुन्छन्।’

पराजुलीका अनुसार कतिपय यस्ता खानेकुरामा विभिन्न रसायनिक पदार्थ मिसाइएको हुन्छ। म्याद सकिएपछि त्यसमा भएको रसयन विषालु बन्दै जान्छ र खाएमा शरीरलाई हानी पुर्‍याउँछ। 

चाडपर्व नजिकिंदै गर्दा म्याद नाघेका र अखाद्य पदार्थ मिसाइएका धेरै खानै नहुने वस्तु खाने कुराका नाममा बजारमा आउने प्रवृत्ति झन् बढ्छ। त्यसैले बजारको निरन्तर अनुगमन हुनुपर्ने र म्याद नाघेका वस्तु बजारमा पठाउनेलाई कडा कारवाही हुनुपर्ने उपभोक्त अधिकारवादीहरु बताउँछन्।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंं, वाणिज्य विभाग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले आयानकी सञ्चालक र विजनेश म्यानेजरसहित अन्य कर्मचारीलाई रंगेहात पक्राउ गरेको थियो। 

आयानका विजनेश म्यानेजर भारतीय नागरिक रोनक बोथ्रा बाहेक अरु रिहा भइसकेका छन्। 

म्याद गुज्रेेका अखाद्यवस्तु बजारमा पठाउने आयान र विशाल ग्रुपको यस्तो छ सम्बन्ध 

म्याद नाघेका खाद्यवस्तुमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै विशाल ग्रुप, सीडीओ भन्छन्– बल्ल भेटेको ठूलो माछा छाडिन्न

विशाल ग्रुपको वेबसाइट बन्द, कामदारका सोसल मिडिया अकाउन्ट डिएक्टिभ

प्रकाशित: Oct 06, 2020| 09:50 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्