शनिबार, कात्तिक २९, २०८२

भारतमा २९ गतेदेखि फिल्म हल सञ्चालनमा आउने

भारतमा आगामी अक्टोबर १५ (असोज २९) देखि सिनेमा हल सञ्चालन हुने भएको छ। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

नयाँदिल्ली– भारतमा आगामी अक्टोबर १५ (असोज २९) देखि सिनेमा हल सञ्चालन हुने भएको छ। 

National life

कोरोना भाइरस महामारीका कारण विगत सात महिनादेखि बन्द हल सञ्चालन गर्न अनुमति दिइएको सूचना तथा प्रसारणमन्त्री प्रकाश जावडेकरले दिएका छन्। 

भारत सरकारले महामारीकै बीचमा ५० प्रतिशत दर्शक राखेर हल खोल्न थालेको हो। सिनेमा हल नचल्दा भारतीय फिल्म उद्योग बलिउडमा ठूलो आर्थिक नोक्सानी भएको छ।

मन्त्री जावडेकरका अनुसार सिनेमा हेर्न जाँदा अनिवार्य रूपमा मास्क र स्यानिटजाइर प्रयोग गर्नुपर्छ। यस्तै एक सिट छाडेर मात्र दर्शक बस्न पाउनेछन्।

उनले भने, ‘सिनेमा हल पछिल्लो सात महिनादेखि बन्द छन्। अब १५ अक्टोबरदेखि सञ्चालनमा आउनेछ। हलमा ५० प्रतिशत दर्शक मात्र बस्न पाउनेछन्। एउटा कुु्र्सी छाडेर बस्नुपर्छ। मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य छ।’ 

Laxmi sunrise bank
kumari

साथै हलमा फिल्म देखाउनुपूर्व कोरोना भाइरससम्बन्धी जनचेतनामूलक एक मिनेटको फिल्म देखाउन अनिवार्य गरिएको छ। 

एक सो सकिएपछि पूरै हललाई स्यानिटाइज गर्नुपर्नेछ। त्यसपछि मात्र अर्को सो सुरु गर्नुपर्नेछ। टिकटका लागि अनलाइन बुकिङमा प्राथमिकता दिइएको मन्त्री जावडेकरले बताए। 
 

प्रकाशित: Oct 06, 2020| 08:50 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्