शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीको समर्थनमा आवासीय चिकित्सकले बहिष्कार गरे ओपीडी 

डा. केसीको समर्थनमा आवासीय चिकित्सकले बहिष्कार गरे ओपीडी 

तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आजदेखि ओपीडी सेवा बहिष्कार गरेका छन्। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं- तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आजदेखि ओपीडी सेवा बहिष्कार गरेका छन्। 

२३ दिनदेखि चिकित्सा शिक्षा सुधारको मागसहित अनशनमा बसेका डा‍. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले ओपीडी सेवा बहिष्कार गरेका हुन्। 

यी तीन शिक्षण संस्थाका चिकित्सकहरुले एक विज्ञप्ति जारी गर्दै अनशनको २२ दिन पूरा भइसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलन घोषणासमेत गरेका छन्। 

घोषणाअनुसार ओपीडी सेवा बन्द गर्नुका साथै आवासीय चिकित्सकहरूले कालोपट्टीसहित धर्नाका विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिने बताएका छन्। कोभिड–१९, इमर्जेन्सी तथा इन्डोर सेवा अवरोध नगरी कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने विज्ञप्तिमा उल्लेख छ। 

डा. केसीको जीवनरक्षाका लागि वार्ताटोली गठन गर्न माग गर्दै माग पूरा नगरे आन्दोनका थप कार्यक्रम गर्ने बताएका छन्। 

त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीको  स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताउँदै आएका छन्। केसीलाई अक्सिजनको सहारामा राखिएको छ भने उनले अन्य कुनै उपचार लिन मानेका छैनन्। 
 

प्रकाशित: Oct 06, 2020| 04:59 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।