शुक्रबार, फागुन २९, २०८२

जसले कोरोनाबाट मरेका ४०० भन्दा बढीको दाहसंस्कार गरिसके

कोरोनाले हामीलाई धेरै कुरा सिकाएको छ। समस्यामा परेकाहरुलाई सहयोग गर्न उत्प्रेरित गरेको छ। यस्ता कैयौं मानिसका कथा हामीले सुन्दै–पढ्दै–देख्दै आएका छौं, जसले मानवता अझै बाँकी छ भन्ने प्रमाणित गरेको छ।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

गएको वर्ष डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक देखा परेको कोरोना भाइरस (पछि कोभिड–१९ नाम दिइएको) विश्वभर फैलिसकेको छ। करोडौं मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन्, लाखौंको ज्यान गएको छ। संक्रमण र मृत्यु अहिले पनि जारी छ।

National life

कोरोनाकालमा हरेक मानिसका आ–आफ्नै कथा–व्यथा छन्। कसैको कामधन्दा बन्द भएको छ, कसैको रोजगारी गुमेको छ। कोही सहरबाट गाउँ फर्केका छन्। योभन्दा ठूलो कुरा त लाखौं मानिसले आफ्ना प्रियजन गुमाएका छन्।

कोरोनाले हामीलाई धेरै कुरा सिकाएको छ। समस्यामा परेकाहरुलाई सहयोग गर्न उत्प्रेरित गरेको छ। यस्ता कैयौं मानिसका कथा हामीले सुन्दै–पढ्दै–देख्दै आएका छौं, जसले मानवता अझै बाँकी छ भन्ने प्रमाणित गरेको छ।

यस्तैमध्येका एक हुन्, भारत असमका रामानन्द सरकार, जसले आफ्नो ज्यानको समेत परवाह नगरी कोरोना संक्रमणबाट मृत्यु भएका मानिसको अन्तिम संस्कार गरे। उनले अहिलेसम्म ४ सयभन्दा बढी शवको दाहसंस्कार गरिसकेका छन्। 

४३ वर्षीय रामानन्द असमको ग्रामीण क्षेत्रमा बस्छन्। उनको टाउकोमा ऋणको भारी छ। ऋण तिर्न उनले अनेक काम गरे तर कमाइ राम्रो भएन।

Laxmi sunrise bank
kumari

दुई वर्षअघि उनले असमको राजधानी गुहाटीस्थित एक मशान घाटमा काम पाए। त्यहाँ उनको काम शव जलाउने थियो। 

कोरोना महामारीका कारण मानिसहरु मर्न थालेपछि मशान घाटमा काम गर्नेहरुले काम छोडे। तर, रामानन्दले छोडेनन्।

आफ्नो स्वास्थ्य जोखिममा हुँदाहुँदै पनि कोरोना संक्रमितको शव व्यवस्थापन गरिरहेका छन्। भन्छन्, ‘सबैले छोडेर गए, मैले पनि छोडेँ भने यहाँको हालत के होला ?’

–नवभारत टाइम्स

प्रकाशित: Oct 06, 2020| 03:29 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।