काठमाडौं- विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टा २ लाख ६० हजार ५ सय ५० जना संक्रमित भएका छन् भने ४ हजार १ सय ६५ जनाको मृत्यु भएको छ ।
संक्रमितको संख्या हिजोको तुलानामा करिब ४ हजारले बढि हो भने मृत्यु संख्या १ सयले बढी हो ।
बर्डओ मिटरका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ८ सय ९३ संक्रमित थपिएका छन् भने ८ सय ८६ जनाको मृत्यु भएको छ । अमेरिकामा थप ३९ हजार १ सय ३४ संक्रमित हुँदा ३ सय ५९ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा थप २५ हजार २ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ९८ जनाको मृत्यु भएको छ । रुसमा १० हजार ८ सय ८८ मा संक्रमित थपिदा १ सय ३२ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोलम्बियामा ७ हजार १ सय ६, स्पेनमा २ हजार ९९, पेरुमा १ हजार ८ सय ३०, अर्जेन्टिनामा ११ हजार २ सय ४२, मेक्सिकोमा ३ हजार ७ सय १२, बेलायतमा १२ हजार ५ सय ९४, फ्रान्समा ५ हजार ८५ जना संक्रमित थपिएका छन् ।
जोनहपकिन्स विश्व विद्यालयका अनुसार विश्वभर कोरोनाबाट अहिलेसम्म ३ करोड ५३ लाख ९६ हजारभन्दा धेरै संक्रमित भएका छन् भने १० लाख ३९ हजार ८ सय २ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढि प्रभावित अमेरिकामा ७४ लाख ५४ हजार भन्दा धेरै संक्रमित छन् भने २ लाख १० हजार १ सय २७ जनाको मृत्यु भएको छ ।
भारतमा ६६ लाख २३ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ लाख २ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४९ लाख १५ हजारभन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ४६ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ ।
नेपालमा भने हालसम्म कोरोनाबाट ८६ हजार ८ सय २३ जनामा संक्रमण पुष्टि भएको छ भने ५ सय ३५ जनाको मृत्यु भएको छ ।