शनिबार, भदौ १३, २०८३

‘तीन वर्षमा फुसको छाना विस्थापन गर्छौँ’

शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले अबको तीन वर्षमा देशबाटै फुसको छाना विस्थापन गरिने बताएका छन्।
 |  सोमबार, असोज १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

काठमाडौं- शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले अबको तीन वर्षमा देशबाटै फुसको छाना विस्थापन गरिने बताएका छन्।

विश्व बसोबास दिवस २०२० का अवसरमा आयोजित भर्चुअल कार्यक्रममा उनले स्थानीय सरकारसँगको सहकार्यमा सो कार्यक्रम अघि बढाइने जानकारी दिए।

उनका अनुसार मन्त्रालयले चालु आर्थिक वर्षमा एक लाख ५० हजार घरमा सो कार्यक्रममार्फत फुसको छाना विस्थापन गर्र्ने लक्ष्य लिएको छ।

सरकारले काठमाडौँ उपत्यकामा चार ‘स्मार्ट सिटी’ स्थापनालाई महत्वका साथ अघि बढाइरहेको उनले बताए। उनका अनुसार मन्त्रालयले शहरी विकाससँग सम्बन्धित कानून पनि अघि बढाइरहेको छ। संविधानले नै आवासको हकलाई मौलिक हकमा राखेको छ। 

सो अवसरमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले नेपालका अधिकांस नगरपालिकामा खानेपानीको समस्या रहेको बताउँदै संघीय र स्थानीय सरकारले संयुक्त रुपमा शहरी विकास कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिए। उनले भने, ‘अब हामीले पार्कलगायतका संरचना पनि बनाउनुपर्छ।’

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले आवास, शहरी विकास र भवन निर्माण व्यवस्थित शहरको महत्वपूर्ण तत्व भएको औँल्याए।  यस वर्ष दिवसको नारा ‘सबैका लागि आवास : समृद्ध शहरी विकास’ रहेको छ। रासस

प्रकाशित: Oct 05, 2020| 15:15 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।